इटहरी / इटहरी नमुना कलेजले नयाँ शैक्षिक सत्र अन्तरगत स्नातक प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा प्रशिक्षण कार्यक्रममा कलेजको स्नातक तर्फ बिएचएम र बिसिएमा अध्यायनरत बिद्यार्थीहरुलाई स्वागत कार्यक्रम पर्यटन ब्यबसायी बिजय सुवेदीको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ । कार्यक्रममा कलेज सञ्चालक समितीका अध्यक्ष केशब खड्काले “नयाँ बिद्यार्थीलाई स्वागत गर्दै कलेजको पृष्ठभुमी बताउने क्रममा इटहरीको शैक्षिक क्षेत्रमा गुणस्तरको कमी देखेर त्यसलाई समाधान गर्ने हेतुले इटहरी नमुना कलेज स्थापना गरेको बताउनु भयो”।
इटहरी नमुना कलेजले प्रयोगात्मक तथा ब्यावहारिक शिक्षालाई प्राथमिकतामा राखेर कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको क्याम्पस प्रमुख धर्म न्यौपानेले बताउनु भयो। 


