प्रेस चौतारी धरानको अध्यक्षमा रोशन दाहाल  चयन भएका छन् । प्रेस चौतारी धरान उपमहानगर समितीको आइतबार भएको तेस्रो अधिवेशनले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

273428791_2766179273684563_1535130460143250306_n

उपाध्यक्षमा रमेश राई  र मेरिना तुम्सा, सचिवमा सन्जोकबाबू दाहाल , सहसचिवमा सन्देश तिमिल्सिना, ललित राई  र कोषाध्यक्षमा देबिका चाम्लिङ चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा अरुण राई, मौसमी कार्की,  स्नेहा श्रेष्ठ,  प्रतीक्षा विशुन्खे, आइतु माया तामाङ र अनुपा राई चयन भएका छन् ।

273739255_2766179240351233_5281982101360290961_n

अधिवेशनको उट्घाटन चौतारीका पूर्वअध्यक्ष याेगेशबाबू काफ्ले, नेकपा एमाले प्रदेश एकका सदस्य माेतिराज सुनुवार र  प्रचार प्रसार प्रमुख मुरारि सुवेदीले गरेका थिए ।

273677104_2766178890351268_7765610975255383767_n