संखुवासभा / सभापोखरी गाउँपालिका–२ वितलवका ५० बर्षीय दलबहादुर दर्जीको हत्या  भएको छ। संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार शुक्रबार राति करिब १२ बजेतिर आफ्नै  छोराले  दलबहादुरको हत्या गरेका हुन् /  उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।