इटहरी । माघा घर नेपाल इटहरीले जीवनदर्शन ज्ञान यज्ञ/सत्सङ्ग गर्ने भएको छ । आगामि फागुन २२ गतेदेखि २८ गतेसम्म माया घरले सत्सङ्ग गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा माया घरकी अध्यक्ष राधिका दासीले बताउनु भयो ।
जसका लागि २१ गते बिहान ८ बजे इटहरीबाट पकली हुँदै चतारा गएर सप्तकोशीमा जल उठाई धरानको बाटो माया घरमा यज्ञ स्थलमा ल्याइने दासीले बताउनु भयो । सोहि दिन दिउँसो ३ बजे समुद्घाटन र मण्डव पुजा गरिने संस्थाकी सचिव सुभद्रा प्याकुरेले बताउनु भयो । २२ गतेदेखि एक सातासम्म दैनिक श्रीमद् भागवत पाठ, कथा बाचन, पुजाआजा तथा संगितमय जीवन दर्शन प्रवचन हुने माया घरले जानकारी दिएको छ ।
फागुन २५ र २६ गतेदेखि इटहरीबाट देशभर सडकमानव रहित बनाउने अभियानको आरम्भ गर्ने अध्यक्ष दासीले जानकारी दिनुभयो ।




