प्राकृितक तथा मानविय प्रकोप लगायत अन्य क्षेत्रबाट प्रभावित बालबालिकाहरूको संरक्षण कसरी गर्ने भन्ने सचेतना गराउदै इटहरीमा एक दिने कार्यशाला गोस् ठी सम्पन्न भएको छ । इटहरी उपमहानगरको सहकार्य , सेफ द चिल्ड्रेनको सहयोग र भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा सो कार्यशाला सम्पन्न भएको हो । इटहरीको बिराटनगर रोड स्थित पाथिभरा होटल इन्टरनेशनलको सभाहलमा सम्पन्न एक दिने कार्यशालामा सुनसरीका बिभिन्न स्थानीय तहहरूबाट एक दर्जन बढि गैरसरकारी संस्थाका ३० जना बढिको सहभागिता रहेको थियो । । दैबिक प्रकोपको बेलामा सबै भन्दा धेरै बालबालिकाहरुको ज्यान जाने गरेकाले उनीहरुलाई सुरक्षीत राख्नका लागी उक्त कार्यक्रम आयोजना गरेको भोइस अफ चिल्ड्रेनका कार्यक्रम संयोजक भरत थापाले बताउनुभयो । कार्यक्रममा सहभागि अधिकांसले प्राकृतिक तथा मानविय प्रकोपबाट मात्र नभइ घरेलु हिंसाका घटनाहरूबाट पनि बालबालिकाहरू प्रत्यक्ष जोखिममा पर्ने गरेका छन् । जोखिममा परेका बालबालिकाहरूलाइ उद्धार गरि उनिहरूलाइ समाजमा पुनस्थापित गराउन प्रदेश एकमा गैर सरकारी संस्थाहरूको भुमिका अपरिहार्य रहेको सहभागीले बताएका छन् ।

त्यस्तै सुनसरीमा बाढि, भुकम्प , कोरोना संक्रमण जस्ता प्रकोपका कारण धेरै जसो बालबालिकाहरू प्रभावित हुने गरेको कार्यक्रममा दर्शाइएको थियो । वालवालिकाहरु जोखिममा परेका बेला उनिहरुको उदाहरणका लागी यस्ता कार्यक्रमहरु आवश्यक रहेको सहभागीहरुले बताएका छन् । साथै आफुले सिकेको कुरा समाजका हरेक व्यक्तिलाई सिकाउनु पर्नेमा सहभागीहरुको जोड रहेको छ ।


