नेपाली काँग्रेस सुन्दरहरैंचा नगर सभापति भक्ति प्रसाद सिटौलाले आगामी निर्वाचनमा मेयरको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ।
मंगलबार सुन्दरहरैंचा-७ को टोल समिति गठन कार्यक्रममा सिटौलाले आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो । कोइराला प्यानलबाट नगर सभापतिमा उम्मेदवार भएको बेला नै मेयरको टिकट दिने सहमति भए अनुसार आफू अगाडी बढेको वहाँको भनाई छ ।
मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ आफैले टिकट दिलाउने बाचा गरेको तर पछि तामाङले छुट्टै मेयरको उम्मेदवार बन्ने घोषणा गर्दै हिडेपछी आफू अग्रसर भएको सिटौलाले बताउनुभयो । तामाङले केहिदिन अगाडी सुन्दरहरैचा-५ को टोल समिति गठन कार्यक्रममा आफू मेयरको उम्मेदवार बन्ने तयारीमा रहेको घोषणा गरिसक्नुभएको छ । सोहि कार्यक्रममा वाड न ७ को छैठौ टोल बिकास समिती समेत गठन गरिएको छ । टोल बिकास समितीको अध्यक्षमा ओम बहादुर कट्टेल चयन हुनु भएको छ ।


