सुन्दरहरैँचा ।  नेपाली काँग्रेस १४ औ महा-अधिवेशनमा सुन्दरहरैंचा नगर सभापतिमा विजयी भएका भक्ति प्रसाद सिटौलाले मेयरको उम्मेदवार बन्ने घोषणा गरे संगै कोइराला पक्षकै  मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ ले समेत मेयर पदमा उम्मेदवार घोषणा गरेका छन । तामाङ आफैले सुन्दरहरैंचा नगर सभापति सिटौलालाई  टिकट दिलाउने बाचा गरे तर उनी आफैले उम्मेदवार घोषणा गरेको मा कार्यकर्ता आसन्तुस् ठी देखिएका छन् 

त्यस्तै  काङ्ग्रेसबाटनै देउबा प्यानलका हालका मेयर शिवप्रसाद ढकालले समेत  मेयर पदमा  उम्मेदवारी दिने गरि आन्तरिक तयारी मा देखिन्छन । तर ढकाल आफूले पुनः मेयर पदमा उम्मेदवारी दिने विषयमा सार्बजनिक रुपमा भने उम्मेदवार घोषणा गरेका छैनन्  तर नगरमा भने पुन मेयर ढकाललेनै टिकेट पाउने चर्चा छ   ।

त्यस्तै नेकपा एमालेबाट प्रदेस सभा सदस्य पूर्व मन्त्रि  राजकुमार ओझा,  सुरेन्द्रबहादुर थापा, अजम्बर राई, केदार गुरागाई, रोशन ढकालले मध्ये  बाट एक जना मेयरको लागि उम्मेदवारी हुने चर्चा छ ।

त्यस्तै नेकपा समाजवादीबाट पुर्व सांसद चन्द्रबहादुर गुरुङ र  नगर सभापती महेश आचार्यले समेत उम्मेदवारी दिने तयारी गरेका छन ।