सुन्दरहरैँचा / नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले सुन्दरहरैँचा ३को लालबस्तीमा ब्यक्तिगत खर्चमा खानेपानीका लागि बोरिङ गाडिदिने बताउनुभएको छ। लालबस्तीको टोल समिति गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तामाङले यस्तो प्रतिबद्दता जनाउनुभएको हो।

urab


लालबस्तिबासीका समस्याहरुलाई सम्बोधन गर्ने क्रममा क्षेत्रीय सभापति तामाङ्ग समक्ष स्थानीयले सो ठाउँको प्रमुख समस्या खानेपानीको अभाव रहेको भन्दै गुनासो गरेपछि समस्याको समाधानका लागि आफ्नो व्यक्तिगत तर्फबाट बोरिङ गाडिदिने प्रतिबद्दता जनाउनुभएको छ। उहाँले स्थानीयको समस्या समाधानका लागि आँफु सदैव सहयोग गर्न तत्पर रहेको बताउनुभयो।samiti


पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि रहनुभएका क्षेत्रीय सभापति तामाङले नव गठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कुनैपनि समस्या भए आँफुलाई निर्धक्क भन्न स्थानीयलाई आग्रह गर्नुभएको छ।

सुन्दरहरैँचा ३ लालबस्तीमा तेज नारायण उरावको संयोजकत्वमा ३४ सदस्यीय लालबस्ती टोल समिति गठन गरिएको जीबन ढुंगानाले  बताउनु भयो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर करिव १दर्जन जना जत्ति कांग्रेस प्रवेश गरेका थिए।