सुन्दरहरैँचा/ नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले सुन्दरहरैँचा ५मा बिभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। सुन्दरहरैँचा ५मा हसिना गुरुङ टोल समिती गठन तथा पार्टी प्रवेशमा उहाँले नवप्रवेशीहरुलाई स्वागत गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका क्षेत्रीय सभापति तामाङले नव प्रवेशीहरु तथा नवगठित कार्य समितिलाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको छ।कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर स्थानीय कमल लिम्बू, उदयमान राई, तारा चापागाँई, चक्रबहादुर कट्वाललगायत नेपाली कांग्रेसमा आवद्द भएको राम प्रसाद रिजालले बताउनुभयो  ।

deb dai