नेवा: देय दबूँ अध्यक्षमा पुनः मनोहर

alt

धरान : नेवार समुदायको जातीय सङ्गठन नेवा : देय दबूँको धरान उपमहानगर अध्यक्षमा पुनः मनोहर शाक्य निर्वाचित भएका छन् । 

धुलिखेल समाजको भवनमा शुक्रवार भएको तेस्रो नगर अधिवेशनले उनलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष निर्वाचित गरेको हो । 

अधिवेशनमा प्रमुख अतिथि धरानका मेयर तिलक राईले बहुजातिय सहर धरानको विकासमा आदिवासी जनजातिहरूबाट संस्थागत रूपमा महत्त्वपूर्ण योगदान पुग्दै आएको बताउँदै भने ‘यसमा नेवा देय दबूँको योगदान उल्लेखनीय  भएको बताए । दबूँले भाषा, संस्कृतिको संरक्षणमा देखाउँदै आएको सक्रियताले धरानलाई विविध संस्कृतिको सहरको रूपमा परिचय गराउन योगदान पुगेको उनले बताए । धरानको पहिचान विविध जातीय संस्कृति भएकाले जातीय संस्थाहरू अझ सक्रिय बन्दै जानुपर्नेमा मेयर राईले जोड दिए । 

अधिवेशनले मनोहरको नेतृत्वमा सर्वसम्मतिबाट चयन गरेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष अमृत श्रेष्ठ, उपाध्यक्ष प्रदीप कुमार श्रेष्ठ र सल्मा जोशी, सचिव विनीता बज्राचार्य र दीपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष सुवर्णमोहन श्रेष्ठ रहेका छन् । सदस्यहरूमा यशोदा कायस्थ, सुजता श्रेष्ठ, अनेश कुमार तुलाधर, लीला बहादुर प्रधान, हेमा श्रेष्ठ, अभिमन्यु श्रेष्ठ र हरिकृष्ण श्रेष्ठ रहेका छन् । 

नेवा: देय दबूँ नेवार समुदायको देशभरिका जिल्लाहरूमा शाखा सञ्जाल भएको सङ्गठन हो । नेवार समुदायको भाषा, संस्कृति, इतिहासको क्षेत्रमा दबूँले विभिन्न कार्यक्रम गर्दै आएको छ । पुनः निर्वाचित अध्यक्ष शाक्यले दबूँ नयाँ पुस्तामा नेवा ः भाषा, संस्कृतिको हस्तान्तरण गर्न दबूँको स्थापना भएको बताए । उनले अघिल्ला कार्यकालमा दबूँले धरानमा नेवाहरूको इतिहास, परिचय,पहिचान र विकासको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गरेको उल्लेख गरे ।

केन्द्रीय सदस्य अनिल मास्केले दबूँको राष्ट्रिय अधिवेशन आउँदो चैत महिनामा धरानमा आयोजना गरिने केन्द्रीय समितिले निर्णय गरेका जानकारी गराउँदै त्यसको तयारीका लागि जुट्न धरानका नेवार समुदायलाई आव्हान गरे । अधिवेशनमा धरानका नेवा: समुदायका सांस्कृतिक समूहहरू खल: पुचका अध्यक्ष, धरान स्थित आदिवासी जनजाति जातीय सङ्गठनका पदाधिकारीहरूको उपस्थिति थियो ।


    धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ

    इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको ख ...

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    इटहरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसा ...

    इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न

    इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेज तथा सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुल ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]