सुन्दरहरैँचा/ सुन्दरहरैँचा नगरपालिका भित्र पहिलो पटक साँस्कृतिक भवन हुने भएको छ। सुन्दरहरैँचा ४ चरिगुवामा साँस्कृतिक भवनको आईतबार बिहान शिलान्यास गरिएको हो।
सुन्दरहरैँचा नगरपालिकाबाट निकासा भएको ४ लाख ५९हजार ७सय ५९ रुपैँयामा सुन्दरहरैँचा ४ चरिगुवा (गोकुलम रिसोर्टसँगै) साँस्कृतिक भवनको निर्माण प्रारम्भ गरिएको हो।
आईतबार बिहान एक कार्यक्रममा बीच सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल नेपाली कांग्रेसका मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्ग अनि सुन्दरहरैँचा ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले शिलान्यास गर्नुभएको हो।
साकेला थान निर्माणका लागि यो बजेट अपुग हुने भन्दै किराँत राई यायोक्खा सुन्दरहरैँचाले साँस्कृतिक भवन निर्माणमा आर्थिक सहयोग गर्न आग्रह गरेको छ।

यसैबीच सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव ढकालले साँस्कृतिक भवन निर्माणमा नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ। चार लाख रकम निकासा भईसकेको अवस्थामा अरु रकम तत्काल थप्न प्राविधिक समस्या हुने भन्दै यो रकम बराबरको काम सम्पन्न गरेपछि थप काम गर्न नगरपालिकाले सहयोग गर्ने जनाउनुभयो। उहाँले यसै उपभोक्ता समितिमार्फत अरु काम गर्ने वातावरण मिलाउने प्रतिबद्दता जनाउनुभएको छ।
यस्तै नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ्गले पनि साँस्कृतिक भवन निर्माणमा आँफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाउनुभएको छ। उहाँले आफ्नो पनि राईहरुसँग रगतको नाता जोडिएको भन्दै राईहरुसँग जोडिन पाउँदा हर्षित भएको बताउनुभयो।
त्यस्तै सुन्दरहरैँचा ४ का वडाअध्यक्ष शैलेन्द्र श्रेष्ठले पनि साँस्कृतिक भवन निर्माणमा वडाले गर्नसक्ने सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा किराँत राई यायोख्खा सुन्दरहरैँचा ४ कि सल्लाहकार माया राईले किराँत राईहरुको सँस्कार अनि सँस्कृतिसँग जोडिएको धजुरी, पेचुरीको बिषयमा जानकारी गराउनुभएको थियो।
किराँत राई यायोख्खा सुन्दरहरैँचा ४का अध्यक्ष उत्तर कुमार राईको अध्यक्षता अनि मुगाधन राईले सञ्चालन गरेको साँस्कृतिक भवन शिलान्यास समारोहमा नेपाल आदिबासी जनजाति महासंघ सुन्दरहरैँचाका अध्यक्ष सुमन याख्खा, किराँत राई यायोख्खा मोरङ्गका सदस्य दिलिप राई, नाक्छुङ कुमार राई, किराँत राई यायोख्खा सुन्दरहरैँचा ४ का सँस्थापक अध्यक्ष नरबहादुर वाम्बुले राई, किराँत राई यायोख्खा सुन्दरहरैँचा नगर समिति अध्यक्ष परेश राईलगायत सहभागि हुनुहुन्थ्यो।
सुन्दरहरैँचा ४ चरिगुवामा साँस्कृतिक भवन निर्माण प्रारम्भ गरेको जग्गालाई २०६५ सालमा किराँत राई यायोख्खा सुन्दरहरैँचा ४ का सँस्थापक अध्यक्ष नरबहादुर वाम्बुले राई अनि किराँत राई यायोख्खा सुन्दरहरैँचा ४का अध्यक्ष उत्तर कुमार राईले संरक्षण थालेको मुगाधन राईले जानकारी दिनुभयो।



