धरानमा एक महिलाको शव गेस्ट हाउसमा फेला परेको छ । धरान १८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड गेस्ट हाउसको कोठा नं. १०९ मा अन्दाजी ३५-४० उमेरको महिलाको शव भेटिएको हो । 

मृतक दुई दिनदेखि एक पुरुषको साथ होटलमा बसेको बताइएको छ । बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले सुतेकै अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार महिलाको सनाखत गर्ने काम भइरहेको जानकारी दिए । उनको आफन्तहरूको खोजी भइरहेको बताए।