धनकुटा । व्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाले विभिन्न कार्यक्रम गरि महाशिवरात्री पर्व मनाएको छ । केन्द्रले महाशिवरात्री पर्वको अवसरमा धनकुटा बजारमा झाँकी सहितको कलश यात्रा निकालेको छ ।
स्थानीय टुंडीखेलबाट सुरु भएको कलश यात्रा धनकुटा बजार क्षेत्र परिक्रमा गरि पुनः टुंडीखेलमा पुगेर सम्पन्न भएको थियो ।
यस्तै व्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाको भवनमा अध्यात्मिक प्रवचनसहितको साँस्कृतिक कार्यक्रम गरिएको छ ।
व्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाकी संरक्षक व्रह्मकुमारी निर्मला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का सांसद् निरन राईको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा प्रदेश सांसद् लिला सुब्बा, पूर्व सांसद् गोपाल गुरागाईं, लेडी जेसीज धनकुटाकी अध्यक्ष विपना प्रधान, नेःदवु प्रदेश १ का अध्यक्ष रेणु श्रेष्ठ व्रह्मकुमारी राजयोग सेवा केन्द्रका विनोद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
विश्व शान्ति र अन्तर्राष्ट्रिय भातृत्व भाव स्थापित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको केन्द्रकी संरक्षक निर्मला ढकालले जानकारी दिनुभयो ।


