इटहरी । इटहरीस्थित अटो सिटी (बजाज शोरुम)ले नेपाल प्रहरीलाई बिद्युतिय टेम्पो हस्तान्तरण गरेको छ। शुक्रबार अटो सिटीले एक कार्यक्रमका बिच प्रहरीलाई टेम्पो हस्तान्तरण गरेको हो।

शुक्रबार आयोजित कार्यक्रममा अटो सिटि इटहरीका प्रबन्धक प्रदिप सन्थलियाले प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) अरुण कुमार बिसीलाई टेम्पो हस्तान्तरण गरेका हुन्

275033017_469301324623795_3884789318443480726_n 1 टेम्पो पाएपछि कार्यक्रममा बोल्दै डिआईजी बिसीले अटोसिटिका प्रबन्धक सन्थलियालाई धन्यबाद दिँदै यसले प्रहरीले समाजमा पुर्‍याउने शान्ति सुब्यवस्थामा थप मद्दत पुग्ने बिश्वास ब्यक्त गरे ।

    उनले प्रहरीले समाजमा शान्ति सुब्यवस्था कायम गर्न समयमै पुग्न अटोले मद्दत पुर्‍याउने भन्दै प्रहरी कर्मचारीहरुलाई उच्च मनोबल लिएर काम गर्न निर्देशन समेत दिए।

    कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, समुदाय प्रहरी साझेदारी वडा समितिका संयोजक एवं इटहरी ६ का वडाध्यक्ष दिपक गौतम, उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले अटोसिटि इटहरीले पुर्‍याएको योगदानको चर्चा गर्दै यसले शान्ति सुरक्षा कायम गर्न थप मद्दत पुग्ने बिश्वास गरे ।

    274806052_497949245222683_151552347619601316_n

    कार्यक्रममा अटोसिटी सञ्चालक प्रदिप सन्थलियाले उपस्थित सबैलाई धन्यबाद दिँदै आँफुले यसअघि पनि एउटा मोटरसाईकल र ५ वटा साईकल प्रदान गरिसकेको स्मरण गराए । उनले सामाजिक काममा आँफु सँधै अग्रसर रहने बताए।


    बजाजले नेपाल प्रहरीलाई प्रदान गरेको अटो इलाका प्रहरी कार्यालय इटहरीले प्रयोग गर्नेछ ।