इटहरी । छैठ पर्व सेवा समितिले होली मिलन समारोह तथा होलीका दहन कार्यक्रम सम्पन्न गरेको छ । 

इटहरीको जनता माबिको खेल मैदानमा आयोजित कार्यक्रममा एकआपसमा रङ्ग दलेर शुभकामना आदान प्रदान तथा सास्कृतिक  कार्यक्रम गरेर मनएका छन । IMG_1472

वर्ष एक पल्ट आउने रङ्गहरुको माहनपर्व होलीको अवसरमा समितीमा आवद्ध सदस्यका परिवार तथा साथीभाईहरु संग शुभकामना आदान प्रदान तथा विभिन्न कार्यक्रम गरेर मनाएको समितीका बासुदेव कर्णले जानकारी दिए ।IMG_1473

 छैठ सेवा समितिका अध्यक्ष बासुदेव शाहको अध्यक्षता तथा प्रदेश एकका स्वास्थय मन्त्री जयराम यदबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोख्रेल ,हरिनगर गाउँ पालिकाका अध्यक्ष गफार अन्सारी,नेपाली काँग्रेस इटहरी उपमहानगरका सह सभापति कोबिदजंग कार्कि, इटहरी ९ का वडाअध्यक्ष भुपेन्द्र बराल,युवा विकास केन्द्रका निर्देशक निराजन खड्का  लगायतको उपस्थिति रहेको थियो ।