तेह्रथुम / तेह्रथुम जिरीखिम्ती बजारमा वृद्धा विश्राम तथा परोपकार केन्द्र उद्घाटन भएको छ ।
अध्यक्ष भर्त बहादुर सिंजागु (लिम्बू)को अध्यक्षतामा भयको कार्यक्रममा प्रदेस सभा सदस्य तथा पूर्व मन्त्रि लछुमन तिवारि, म्याङ्लुङ नगरपालिका प्रमुख सन्जय तुम्बाहाम्फे, समाजसेवी राधिका पोख्रेलले संयुक्त रुपमा वृद्धा विश्राम तथा परोपकार केन्द्रको उद्घाटन गर्नु भयो । विभिन्न समाज सेवी, राजनीतिज्ञ, स्थानीय नागरिक हरु साथै ज्येष्ठ नागरिक हरुकोउपस्थित मा भएको कार्यक्रममा चन्दादाता हरुलाई सम्मान पत्र सहित सम्मान समेत गरियको थियो अब यस संस्थाबाट ज्येष्ठ नागरिक हरुको लागि मनोरंजन, धार्मिक, लगायत सेवा हुने अध्यक्ष भर्त बहादुर सिंजागु (लिम्बू) ले जानकारी दिनुभयो ।

२०७२ सालमा देउसी खेलेर तयार भएको अवधारणामा स्थानीय र प्रदेश सरकारदेखि नागरिक तहको सहयोग आएको लिम्बुले जानकारी दिए । साढे तीन तले विश्राम भवन ५५ लाख हाराहारी रकममा तयार भएको हो ।म्याङ्लुङ नगरपालिका—९ को विश्राममा ज्येष्ठ नागरिकको सेवा हुने अध्यक्ष लिम्बू ले जानकारी दिनुभयो ।
२०७२ सालमा देउसी खेलेर तयार भएको अवधारणामा स्थानीय समाजसेवी राधिका पाखरेल र प्रदेश सरकारदेखि नागरिक तहको सहयोग आएको लिम्बुले जानकारी दिनुभयो । साढे तीन तले विश्राम भवन ५५ लाख हाराहारी रकममा तयार भएको हो ।


समाजसेवी पोख्रेलले बिदेसमा बसेर आफ्नो मेहनत बाट कमाएको रकम मध्यबाट आफ्नो जन्मस्थलमा विभिन्न माध्यमबाट सहयोग पुर्याएको, वृद्धा आमा बुवाको सम्मानमा वृद्धा विश्राम तथा परोपकार केन्द्र निर्माणका लागि जग्गा र भवनका लागि दस लाख भन्दा बढी सहयोग गर्नुभएकोमा नागरिक अभिनन्दन समेत गरिएको भन्दै प्रमुख अथिति १ न. प्रदेस सभा सदस्य तथा पूर्व पर्यटन बन बातावरण तथा उद्योग मन्त्रि लछुमन तिवारिले खुसि ब्यक्त गर्नुभयो । आफुलेपनि वृद्धा विश्राम तथा परोपकार केन्द्रका लागि सहकार्य गरि काम गर्न पाएकोमा खुसि ब्यक्त गर्दै वृद्ध वृद्धा को सेवा सम्मान गर्नु नागरिकहरुको कर्तब्य रहेको कुरा बताउनु भयो ।




