सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिका ३ न वडा कार्यालयको भवन निर्माण गरिने भएको छ । भवन निर्माणको लागि बुधबार राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझी, नगरप्रमुख शिवप्रसाद ढकाल नगर उपप्रमुख धनमाया तामांग वडाध्यक्ष जीवन प्रसाद ढुंगाना लगायत वडासदस्य, स्थानीय बुद्दिजिबी, राजनीतिज्ञ हरुको उपस्थितिमा शिलान्यास गरिएको वडा कार्यालयको भवन एक करोड १६ लाख रुपैयाँको लागत स्टमेटमा शुरु गरिएको वडाध्यक्ष ढुंगानाले जानकारी दिए ।


वडा कार्यालय भवन शिलन्यास पश्चात सुन्दरहरैचा नगरपालिकाका मेयर ढकालले वडा कार्यलयको भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने बताए ।
उनले राजनीति स्वाःर्थ छाडेर नगरपालिकाले काम गरिरहेको चर्चा गर्दै आगामी दिनमा पनि स्वार्थ नराखेर काम गर्दै जाने बताए ।
त्यस्तै राष्ट्रिय सभा सदस्य रायमाझीले वडा कार्यालयको भवन बनाउन नगरपालिकाले बजेट विनियोजन गरिसकेको बताउदै उनले वडाको अन्य काममा सभाबाट नेपाल सरकारको चालू बजेटमा अन्य बजेट विनियोजन गर्न पहल गर्ने बताए ।
३ नं वडा कार्यालयको भवन निर्माणका लागि डा. पि पि रिजाल, मनकुमारी लिम्बु, कृष्ण बहादुर लिम्बु, नारायण घिमिरे, चन्द्र नेपाल र बिरेन्द्र घिमिरेबाट जग्गा प्राप्त भएको वडाध्यक्ष ढुंगानाले बताए ।



