इटहरीः सामान्यतया कविको पहिचान बनाएका इटहरीको कोशी सेन्ट जेम्स कलेजका अध्यक्ष मनु मन्जिल नेपाली कांग्रेसमा खुलेर राजनीति गर्न थालेका छन् । नेपाली कांग्रेसले बनाएको चुनावी घोषणापत्र लेखनका संयोजक रहेका मनु मन्जिलले त्यो अगाडि इटहरी कांग्रेसको टोल कमिटि गठनमा समेत भाषण गरेका थिए ।
उनको भाषण बिमल नेपाल नामका नेपाली कांग्रेसका समर्थकले फेसबुकमा हालेका थिए । गत आइतबार इटहरीमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको घोषणा सार्वजनिक समारोहमा समेत मन्जिलले भाषण गरे । भाषणमा उनले छोटो सम्बोधन गर्दै घोषणापत्र लेखनको तरिका देखी गठबन्धनको विजय किन आवस्यक भन्ने बारेमा बोलेका थिए ।
उनले बोलेको भिडियो नेपाली कांग्रेसका मेयर उमेद्वार हेमकर्ण पौडेलले सामाजिक संजाल फेसबुकबाट सार्वजनिक भएको थियो ।
यस्तो थियो कवि मनु मन्जिलले गठबन्धनको पक्षमा चुनाव जिताउन गरेको संक्षिप्त भाषणः
पार्टीलाई कसरी सर्टेन चेन्ज गर्न सक्ने, बदल्नसक्ने, परिवर्तन गर्न सक्ने, त्यो कुरा चाहि जनताले महसुस गर्न सक्ने, कसरी चै यो सबै तयार पार्ने भनेर हामीले विस्त्रित रुपमा छलफल गर्यो ।
त्यसमा सहमति जनाएर हामीले प्राक्टिकल्ली दश वटा सिद्धान्तका कुरा नगरेर एकदमै प्वइन्टवाइज सर्टेन केहि बुलेटहरु बनायौं । खासगरि यसको विज्ञापनमा सोसल मिडियाको प्रयोग गरेर नेपाली कांग्रेस समाजवादी, माओवादीका सबै कार्यकर्ताहरुलाई एक्टिब बनाएर मासमा यसको कुरा जनतालाई बुझाउन जरुरी छ । र, अहिले चै बोल्दाबोल्दै छोडेर जानु अगाडि एक कुरा भनेर जान्छु ।
यो पटक चैं एकमदै स्ट्रोङ पोजिसनमा छ । तर, ग्रासरुट लेभलमा कहिनकहि अलिबढि खटपट खटपट देखिराछु मैले । यसलाई चै यहाँहरुले सेटल गर्नुहोला । सकेसम्म घरदैलोमा पुग्नुहोला ।
प्रत्येक मानिसलाई एप्रोच गर्नुहोला । प्रत्येक मानिस भन्दा पछाडि एक ठूलो बजार हुन्छ । मानिसको समुह हुन्छ । त्यसैले मनिलाई कन्भिन्स गर्नु भनेको अर्को समुहलाई कन्भिन्स गर्नु हो ।
देढ दुई हप्ता पनि छैन हामी सबैले इमानदारितापुर्वक काम गरौं । यो गठबन्धनलाई हामीले इमानदारितापुर्वक सहयोग गरेनौं भने त्यसको फाइदा अन्तै पुग्छ । यत्ति कुरा ब्रेनमा राखेर काम गरौं । यहाँहरुलाई धेरै धेरै बधाई छ । थ्यांक्यु ।


