धरानः  पोखरा महानगरपालीका कास्कीकोट क्षेत्रकि लक्ष्मी भट्टराई धरानको पूर्वान्चल  इन्जिनियरिङ क्याम्पसबाट हालसालै अन्तिम परिक्षा सकाएकि विद्यार्थी हुन् । उनले गत चैत्र २२  गते परिक्षा सकेकि हुन् । तर, उनी आफ्नो गृहनगर पोखराको चुनावी सभामा गइनन् । धरानमै बसिन् । अहिले उनी धरानको मेयर उमेद्वार मन्जु भन्डारीको चुनावी प्रचारमा सक्रिय छिन् । मेकानिकल इन्जिनियरिङको स्नातक तहको परिक्षा सकाएकि भट्टराईले मन्जु भन्डारीलाई सहयोग गर्नुमा महिलाले पाएको स्थानको सम्मान हो । 

‘एमालेले पोखरामा महिला मेयर नदिएपनि धरानमा दिएको छ’, चुनावी अभियानमा धरान १४ मा कोसी प्रेससँग बोल्दै भट्टराईले भनिन्, ‘त्यहि भएर म पोखरा नगइ धरानकै चुनावी मैदानमा मन्जु दिदीको प्रचारमा छु । मन्जु दिदीलाई मेयर दिएर एमालेले महिलालाई सम्मान दिएको छ ।’  भट्टराईले मन्जु भन्डारीकै सहयोगमा आफू विद्यार्थी नेता भएको भन्दै त्यसको गुण तिर्न पनि चुनावी अभियानमा सक्रिय भएको बताइन् । 

Untitled-1

                                                       

मन्जु भन्डारीको मेयर उमेद्वारीले उत्साहित भएकि प्रचारमा हिँड्ने भट्टराई जस्तै उत्साह देखियो धरान १३ को राई टोलकि सीता मगर । आफ्नी भदैनी अरुणा मगरसँगै उभिएकि मगरले घरदैलोमा भन्डारी आउँदा खुशी भइन् । ‘यसरी महिलालाई मेयर उमेद्वार बनाएर घरदैलो अभियानमा आएको देख्दा खुशी लाग्यो’, मगरले भनिन्, ‘यसरी महिलालाई जिम्मेवार क्षेत्रमा ठाँउ दिनुपर्छ ।’ भन्डारी मेयरको शक्तिशाली उमेद्वारको रुपमा हिँड्दा धेरै बालिकाहरुले उर्जा पाउने मगरले बताइन् । मगरले महिला एकता समाजको तर्फबाट एक पत्र समेत  मेयर उमेद्वार भन्डारी र उपमेयर उमेद्वार पदम लिम्बुलाई हस्तान्तरण गरिन् । 

qqqqqqqqqqqqqq

यि त दुई उदाहरण मात्रै हुन् । धरानका महिलाहरुले मेयरमा मन्जु भन्डारीको उमेद्वारीमा खुशी देखाएका छन् । चुनावी प्रचारको अन्तिम दिन धरान १, १३ र १४ मा पुग्दा भन्डारीलाई धेरै महिलाहरुले फूलमाला लाएन स्वागत गरे । जितको शुभकामना दिए । आमा उमेरकाहरुले आशिर्वाद दिए । चुनावी दौरानको क्रममा देखिएको महिलाको उत्साहले मन्जु भन्डारी बलियो देखिएको धेरैले बताएका छन् । धरानमा गठबन्धनले मेयर र उपमेयर दुवैमा पुरुष उठाएकोले मन्जु भन्डारीलाई थप सहज भएको कतिपयको भनाइ छ । धरानले महिलालाई जिताउँदै आएको इतिहास छ । २०५१ सालमा लिला श्रेष्ठ सुब्बालाई सांसद बनाएको धरानले २०५६ सालमा कुन्ता शर्मालाई पनि सांसद बनाएको थियो । सुब्बा र शर्मा दुवै मन्जु भन्डारी जस्तै नेकपा (एमाले)ले उठाएका उमेद्वार थिए ।

image_2022-05-10_223333719                                                280404085_3012598918991580_494038947114001535_n