प्रकाशपुर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा स्थानीय तहको  निर्वाचनबाट निर्वाचित पदाधिकारीले  बुधबार(आज)  शपथ तथा पदभार ग्रहण गरेका छन । 

बराहक्षेत्र नगरपाकिलाकामा मेयर रमेश कार्कीले उपमेयर नन्द कुमरी राईलाई सपत ग्रहण गराएका थिए । राईले आजै  पदभार ग्रहण गरेकी छन् । एक देखि ११ वटै वडा अध्यक्ष हरुलाई मेयर कार्कीले सपत ग्रहण गराएका थिए ।

आजै बसेको बराहक्षेत्र नगरपालिकाको  पहिलो बैठकले पाँच बुँदे निर्णय गरि सार्वजनिक गरेका छन् । पदभार ग्रहणपछि बसेको मेयर रमेश कार्की, उपमेयर नन्दकुमारी राई सहित वडा अध्यक्ष हरुको संयुक्त पहिलो बैठकले पाँच बुदे जनमुखी निर्णय गरेको छ । 

बैठकले बराहक्षेत्र नगरपालिका भित्रका महिलाहरुलाई प्रसुती गराउन नगरपालिकाभन्दा बाहिर अस्पतालमा लान–ल्याउन एम्बुलेन्स खर्च बापत दुई हजार पाँच सय दिने निर्णय गरेको छ। 

 नगरपालिकाका विपन्न र अति विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेको छ । यस्तै, नगरपालिका भित्रका ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई तीन महिनामा एक पटक अनिवार्य घरमै गएर स्वास्थ्य चेकजाँच तथा उपचार गरिने निर्णय  भएको मेयर  कार्कीले बताए । 

बैठकले नगरपालिकाभित्र महिला शिक्षिका प्रसुती भएमा सरकारी नियम अनुसार ९८ दिन विदा हुने नियाम छ । त्यसरी महिला शिक्षिका विदा बसेको बेला सट्टा शिक्षकको व्यवस्था गरिने भएको छ। 

नगरपालिकाले पहिलो बैठकबाट गरेका निर्णयहरु कार्यान्वयन गर्न कार्यविधि बनाएर अघि बढ्ने जानकारी दिएक छ ।

बराहक्षेत्र नगरपालिकाले किरात राई समुदायको सकेला उभौली पर्व जेठ ११ गते भएकले नगर क्षेत्रमा एक दिन स्थानीय बिदा दिएको हुँदा वडा अध्यक्षहरुले भोलि बिहिवारबाट वडा कार्यलयमा पद भार ग्रहण गर्ने बताएको छ ।