सुन्दरहरैचा | मोरङको सुन्दरहरैचा नगरपालिकामा अब वडाबाटै घरको नक्सा पास हुने भएको छ ।  नगर प्रमुख केदार प्रसाद गुँरागाईले पदभार ग्रहणको क्रममा यस्तो व्यवस्था गर्ने निर्णय गरेका छन् ।                     ‘ओभरसियरहरु वडामै छन् । उनीहरुलाई केही समस्या भए नगरपालिकाबाट इञ्जिनियर पठाउँछौँ । सबै काम वडावाटै सकेर सेवाग्र्राहीले प्रमाणपत्र लिन भने नगरपालिका आउनुपर्छ’, उनले भने ।  यस्तै आधारभूत विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने निर्णय पनि उनले गरेका छन् ।