आज बिश्व वातावरण दिवसका आवसरमा  बिभिन्न कार्यक्रम  बिश्वभर मनाइरहदा इटहरीमा पनि बिभिन्न संघ संस्था तथा नगर पालिकाले बृक्षा रोपण तथा सरसफाइ गरेर मनाएको छ । तर  इटहरी उपमहानगरपालिका गेटमै   विभिन्न रुख बिरुवा काटेर पनि वातावरण दिवस मनाईएकाे देख्छदा आचम्ममा परेको स्थानीय जीबन चौधरीले  बताए   ।

विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । 

" वातावरण बचाउ र भएको एउटै जिवयुक्त पृथ्वी बचाउ " भन्ने नारा सहित सन १९७३ जुन ५ मा पहिलो चोटि मनाइएको थियो । यस्को अनुसरण अहिले बिस्व भरी भै रहेको छ । यस्तै हरित नगरीको अबधरणा बोकेको इटहरीमा पनि आज प्रकृति जोगाउने खाल्का रचनात्मक कार्य हरु भएका छन । "पृथ्वीको संरक्षण दिगो प्रकृति मैत्री जिबनयापन " भन्ने नाराका साथ इटहरीले पनि नगर परिसरमा सरसफाइ गरेको छ । तेस्तै लायन्स क्लब अफ इटहरी इन्नोभेसनले पनि इटहरीमा धेरै डुबान हुने हुनाले खोलाको किनारमा बृक्षा रोपण गर्दै बातावरण दिवस मनाएको छ । सरसफाइ आफ्नो घर बाट सुरुवात गर्ने अनि नगर सफा हुन्छ भनेर नगर कार्यपालिकाको भवन परीसर बाट सरसफाइ सुरु गरेको इटहरी उप महानगर पालिका मेयर हेम कर्ण पौडेल ले बताए  । 

285644219_762771114908719_4906422650967553334_n

तर यता बिभिन्न संघ संस्थाहरुले बिरुवा रोपेर विस्व वातावरण दिवस मनाइ रहदा इटहरी उप महानगर पालिकाले भने सरसफाइको नाममा नगर परीसर वरपर  रहेका बोट बिरुवा समेत काटेर मनाएको छ ।