भोजपुर / स्वदेशमै युवाहरुलाई आकर्षण गर्नका लागी हतुवागढि गाउँपालिकाले बिभिन्न अभियानहरु संचालन गर्दै आएको छ । युवालाई स्वदेशमै आत्मा निर्भर र व्यबसायि बनाउनका लागी गाउँमै उद्ययमसिल तालिम समेत सञ्चालन गर्दै आएको हो ।
यसै अवसरमा यो वर्ष भने गाउँपालिका र स्वरोजगार टे्रनिङ सेन्टर प्रा.लि. विचको समन्वयमा १० जना युवाहरुलाई हलुका सवारी चालक (ड्राइभिङ) तालिम समेत दिदै आएको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामिण क्षेत्रका युवाहरुलाई सक्षम बनाउने उदेश्यले गाँउ गाँउमा विभिन्न सिप मुलक तालिमहरु आयोजना गर्दै रोजगारी बनाउने काम गरेको स्वरोजगार ट्रेनिङ सेन्टरका प्रमुख टंक भण्डारीले जानकारी दिएका छन् ।
गरिवि निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ८० जना भन्दा बढि युवा युवतीहरुलाई वार्षिक रुपमा उद्ययमसिलताको तालिम समेत दिदै आएको र जसमा यो वर्ष मात्रै १० जनालाई ड्राइभिङ तालिम, ४४ जनालाइ बाख्रा तथा बङगुर पालन तालिम दिएको छ । वार्षिक रुपमा स्वदेशमै युवा युवतिहरुलाई दक्ष बनाएर उनिहरु रोजगारी बनुन भन्ने उदेश्यका साथ पालिकाले ८० प्रतिशत र जन सहभागीताबाट २० प्रतिशत गरि मेसिन तथा उपकरणहरु उपलब्ध गराएको पालिकाका उद्ययम विकास शाखाका फोकल पर्सन टंक थापाले बताएका छन् । पहाडि क्षेत्र भएका कारण यहाँको मुख्य आम्दानिको श्रोत कृषिलाई मानियको छ । सोहि अनुसारका तालिमहरुको समेत आयोजना गरिएको थापाले जानकारी दिएका छन् ।
यस क्षेत्रमा बढि अदुवा खेति लगाइने भएकाले हरेक वर्ष इच्छिुक कृषकलाई अदुवाको अचार बनाउने तालिम साथै अदुवा उत्पानमा समेत प्रोत्साहन गर्दै आएको थियो । अदुवा खेति सम्बन्धि तालिम दिएका मध्यबाट ७ जना सक्षम रुपमा ब्यबसाय गर्दै आएका छन् ।


