इटहरी : रोटरी क्लब अफ इटहरीको २५औं स्थापना दिवसको अवसरमा बुधबार सम्मान तथा रोटरी व्हीलको उद्घाटन गरिएको छ।
इटहरीको तालतलैयामा आयोजित कार्यक्रममा रोटरी क्लब अफ इटहरीका संस्थापक अध्यक्ष दिंवगत जानकीनन्दन अग्रवालको परिवारका सदस्यसहित चार जनालाई सम्मान गरिएको छ। जानकीनन्दनकीश्रीमती सुनितादेवी र छोरा महेन्द्रलाई सम्मान गरिएको हो । यस्तै, रोटरी क्लब अफ इटहरीका पूर्व अध्यक्ष राजेश अग्रवाल, विवेक हार्डवेयरका सञ्चालक विवेक पोखरेल र टंक दाहाललाई सम्मान गरिएको थियो । कार्यक्रममा इटहरीका मेयर हेमकर्ण पौडेलले रोटरी क्लब अफ इटहरीले सरकार र समूदायलाई वलियो बनाउने काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा पर्यटकीय तालतलैयामा रोटरी क्लबको व्हील पनि उद्घाटन गरिएको छ। सो कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल, रोटरी क्लब अफ इटहरी अध्यक्ष सविना कोइरालालगायतले बोल्नुभएको थियो । रोटरी क्लब अफ इटहरीकि अध्यक्ष कोइरालाको कार्यकाल पनि बुधबारबाट सकिएको छ।


