इटहरीका रोटरीयनहरुले शुक्रबार इटहरी वडा नं १५ मा बृक्षारोपण गरेका छन् । रोटरी क्लब अफ इटहरी र रोटरी क्लब अफ इटहरी युगलले संयुक्त रुपमा इटहरी वडा नं. १५ को शम्भुनाथ माध्यमिक विद्यालय अगाडि सडकको दुबै किनारमा आप र असोकका गरि झन्डै ४०० बिरुवा रोपेको रोटरी क्लब अफ इटहरीका अध्यक्ष संयोग पराजुलीले जानकारी दिनुभयो । सोही क्रममा रोटरीको नयाँ नेतृत्व चयन भएको छ ।

रोटरीको नयाँ नेतृत्व जुलाइ फष्टमा हरेक बर्ष परिर्बतन हुने गर्दछ । यही नियम अनुसार शुक्रबार जुलाइ फष्ट देखि बिश्वभरिनै एकैसाथ रोटरीको नेतृत्व परिर्बतन भएको छ । रोटा बर्ष २०२२-२३ का लागि रोटरी क्लब अफ इटहरीको अध्यक्षमा संयोग पराजुली र सचिबमा चेतन धमला सर्बसम्मत चयन हुनुभएको छ । यसै गरि रोटरी क्लब अफ इटहरी युगलको अध्यक्षमा बिनोद पौडेल र सचिबमा दिक्षा कार्की चयन हुनुभएको छ ।

सो क्रममा इटहरी वडा नं. १५ का वडा अध्यक्ष जयनारायण चौधरी, इटहरी उपमहानगरपालीकाका बाताबरण अधिकृत पुष्पनारायण चौधरी, रोटरी क्लबका पदाधिकारी तथा सदस्य, रोट्याक क्लब अफ इटहरी र सुनसरीका सदस्य, इन्ट्याक्ट क्लब एसओ एसका सदस्य र स्थानीयको सहभागिता रहेको थियो ।