इटहरी / पुर्वी गैसारको बाढी प्रभावित छेत्र टेङग्रा  खोलामा बाढी मापन स्केलको स्थापना  गरिएको छ । इटहरी  वडा नं ८ को कार्यालय संगको  सहकार्यमा लायन्स क्लब अफ इटहरी  इनोभेसन र  लीयो क्लब अफ इटहरी  इनोभेसन ले बाढी मापन स्केलको स्थापना गरेको हो ।

                  इटहरी  वडा नं ८ स्थीत  पुर्वी गैसारमा असार ३१  गते गरियको बाढी मापन स्केल स्थापना कार्यक्रम लायन्स क्लब अफ इटहरी  इनोभेसनका अध्यक्ष   डील्लीराम वाग्लेकोअध्यक्षता मा भएको थियो । उक्त कार्यक्रममा इटहरी वडा नंम्बर ८ का वडा अध्यक्ष रोहित चौधरी,  लायन्स क्लब  इन्टडिस्ट्रिक 325 C का जोन चीयर पर्सन  दीपक पोख्रेल ,लीयो इनोभेसन संस्थापक अध्यक्क्ष सुजन घीमीरे साथै विभिन्न लायन्स तथा लीयो क्लबका पदाधिकारीहरुको उपस्थीती रहेको थियो ।

293115895_342757434727946_4045939392615056767_n

                   यस अघी पनी इटहरी ४ ट्याडंग्रा खोलामा  राखीएको बाढी मापन स्केलले  बाढीमा प्रती सेकेन्ड कती लीटर पानी बग्दो रहेछ भन्ने कुराको समेत डाटा नीकाली सहज भयकोले यो कार्य प्रभाबकारी हुने  इनोभेसनका अध्यक्ष  वाग्लेले बताए। 

293480919_457835412428411_1558489961956920461_n