इटहरी । इटहरी उपमहानगरपालीका वडा नम्बर ४ स्थित पोखरीमा निर्माण भएको ब्रह्माको मुर्ती हटाउनु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ ।
थारु जातीको सांस्कृतीक पहिचान बोकेको उक्त पोखरीमा निर्माण भएको मुर्ती स्थापना गरेर थारुहरुको पहिचानमा धावा बोल्ने कार्य भएको उल्लेख गर्दै उक्त मुर्ती अविलम्ब हटाउन ज्ञापन पत्रमा माग गरीएको छ ।
थारु कल्याण्कारी सभा ४ नम्वर वडा कार्यसमिति इटहरीले इटहरी वडा नम्वर ४ का वडा अध्यक्ष भक्त लामा तामाङ र इटहरी नगर प्रमुख हेमकर्ण पौडेल समक्ष उक्त संरचना हटाउनु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ ।
साथै इटहरी उपमहानगरपालीका कार्यलयले थारु समुदायलाइ नगरको पहिलो जातीको रुपमा घोषणा गरेको भए पनी थारुको भावना परम्परा प्रति अंकुश लगाएको समितिको आरोप छ । 
उक्त संरचना सम्बन्धमा आफु अनविज्ञ रहेको इटहरी ४ का वडा अध्यक्ष भक्त लामा तामाङ बताउँछन ।
यता थारु महिला सभा केन्द्रिय सचिव शुशीला चौधरी भने स्थानीय सरकारले आफु चोखीनलाइ यस विषयमा थाहा छैन भनेको बताउँछिन । साथै आउने जीतीयासम्म उक्त मुर्ती स्थानतरण गर्न स्थानीय सरकार अटेर भएमा आफुहरु चुप लागेर नबस्ने उनको चेतावनी रहेको थियो ।
उक्त निर्णय पुर्व सरकारले गरेको उल्लेख गर्दै इटहरी नगर प्रमुख हेमकर्ण पौडेल ले उक्त मागपत्र कार्यपालीका बैठकमा प्रस्तुत गर्ने र कार्यपालिका ले नै निर्णय गर्ने बताउनुभयो ।


