इटहरी । इटहरीका सामुदायिक विद्यालयको अनुगमन गर्दै शिक्षा सुधार अभियान नामक समुह विभिन्न सामुदायिक विद्यालयहरुमा पुगिरहेको छ । त्यहाँ शिक्षक नियुक्ति, शिक्षक हाजिरी, छात्रवृत्ती, खाजा खर्च, व्यवस्थापन समिति गठन जस्ता विषयमा तथ्यांक माग गरिरहेको छ । समुहले इटहरीका विभिन्न सामुदायिक विद्यालयहरुको तथ्यांक माग्न थालेपछि सामुदायिक विद्यालयहरुले भने शैक्षिक वातावरणमा खलल पुगेको भन्दै आपत्ती जनाएको छ । 

इटहरीका ७ वटा सामुदायिक विद्यालयहरुले विद्यालय तथा विद्यालयका प्रधानाध्यापकहरुलाई अनावश्यक तनाव दिँदै आएको भन्दै अभियानको वैधतामा प्रश्न गरेको छ । साथै वार्ताको वातावरण मिलाउन उपमहानगरपालिकालाई निवेदन दिएको छ ।
hp-scl-patrajpgemqj7nsgh

इटहरीका सामुदायिक विद्यालयको भलो नचाहने व्यक्तिहरुले गैरकानुनीरुपमा रुपमा सामुदायिक विद्यालयहरुलाई हतोत्साहित पार्ने उद्देश्यले विद्यालयमाथि प्रहार गरिरहेको आरोप लगाउँदै सामुदायिक विद्यालयहरुको छविमा आँच पुर्याउने कार्य भएको र सामाजिक सञ्जालमा समेत विद्यालयहरुको कुप्रचार भएको आरोप लगाएका छन् । 

यसरी निवेदन दिने विद्यालयहरुमा जनता मावि इटहरी, महेन्द्र मावि, शहीद स्मृति आवासिय मावि, जनसहयोग मावि, पकली मावि, लक्ष्मी मावि, शान्ती सृजना मावि रहेका छन् । ‘ती व्यक्तिहरु को हुन् ? कस्ता प्रकृतिका हुन् ? उनीहरुले विद्यालयको प्रशासनिक कागजात माग गर्न मिल्ने हो वा होइन ? सुधार अभियान संस्था वा व्यक्ति के हो ? भन्ने सन्दर्भमा हामी अनभिज्ञ छौं,’ विज्ञप्तीमा भनिएको छ । 
294552613_3203531276629139_1668253371430563087_n 1

यता जनता माविले लगभग सोही व्यहोराको छुट्टै निवेदन पनि दिएको छ । निवेदनमा आफूहरुले नियमित लेखा परिक्षण गरिरहेको, छात्रवृत्ति, विभिन्न खेलकुद प्रतियोगिताहरु नियमित गरिरहेको र अविभावकहरुसँग अन्तक्र्रियासमेत गरिरहेकोमा शिक्षा सुधार अभियानले विद्यालयको छविमा आँच पुर्याउने काम गरेको भन्दै कानुन बमोजिम कारवाही गर्नसमेत माग गरेको छ ।