इटहरी /

इटहरीमा सञ्चालित स्किल क्याम्पसले  हस्पिटालिटी अवार्ड २०७९ वितरणका साथै विभिन्न विधाको अध्ययन पूरा गरेका विद्यार्थीहरुको बिदाइ तथा नयाँ विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।  


295673293_2332067423623881_8748594310511580051_nप्रदेश नम्बर १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेको प्रमुख अथिथ्यतामा  इटहरीको रोयल रिसोर्टमा आयोजित कार्यक्रममा क्याम्पसले  पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा सँस्थालाई सम्मानसमेत गरेको प्रबन्ध निर्देशक प्रज्वल पराजुलीले जानकारी दिनुभयो  ।

295740109-1236488247098320-6097508364021127837-n

स्कुलले होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत सास्तम कलेज विराटनगर, युएन कलेज धरान, सेछ एड्भेन्चर पार्क, सेछ ट्राभलिङका संचालक बाशु बराल , प्राइड हस्पिटालिटि प्रमुख नितेस पोख्रेल र पर्यटन, कुटनीति र पर्यावरण क्षेत्रलाई मुल विषय बनाई पत्रकारिता गरिरहेका  पत्रकार विराट अनुपमका साथै इटहरीका पर्यटनकर्मी कृष्ण शाहलाई हस्पिटालिटि अवार्ड २०७९ बाट सम्मान गरेको हो ।

295758714_2332063726957584_1978074660221200577_n

सन् २०१५ मा स्थापित क्याम्पसले पर्यटन तथा होटल व्यवस्थापनको क्षेत्रमा गुणस्तरीय शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्दै समाजमा हस्पिटालिटि अध्ययनको जग बसाउन संस्था  दृढ रहेको सँस्थाका प्रमुख तथा  कार्यक्रमका सभापति  पृथ्वीराज पराजुलीले बताउनु भयो  ।

कार्यक्रमको विशिष्ट अतिथिका रुपमा नागरिक समाजका अध्यक्ष राजु केसी, होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली लगायतको उपस्थिति रहेको थियो । क्याम्पसका व्यवस्थापन प्रमुख डेनी खत्रीले संयोजन गरेको कार्यक्रममा प्रबन्ध निर्देशक पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सबिना बान्तवा राईले गरेकी थिइन् ।

296190091_2332063670290923_7192790375885169232_n