तेह्रथुम / लालिगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका वनाउन नगरपालिका र एक्सन एड नेपालको सहयोगमा दलित सचेता समाजको प्राङगारिक कृषि उत्पादनको सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली सम्वन्धि ३ दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला लालिगुराँसन गरपालिका ७ फिर्केमा सम्पन्न भएको हो । कार्यशालामा स्थानीय वासीहरुले उत्पादन गरेका प्राङगारिक कृषि बालीहरुलाई कसरी प्रमाणित गरि बजार सम्म पुर्याउने भन्ने बारेमा जानकारी गराईएको हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्रका विवेक धितालले बताउनुभयो ।
कार्यशालामा लालिगुराँस नगरपालिका वडा नम्वर १ को डोपकिले, वडा नम्वर ७ को फिर्के र तीनजुरे वस्ती, वडा नम्वर ९ को ओखरबोटे वस्तीका २७ जनाको उपस्थिति रहेको थियो । लालिगुराँस नगरपालिकाले अर्गानिक गुणस्तर सम्वन्धिको कार्यविधि निर्माण गरिसकेकाले यसलाई सहज गराउन कार्यशालाको आयोजना गरिएको दलित सचेतना नेपाल तेह्रथुमका कार्यक्रम निर्देशक कुमार विशंखेले बताउनुभयो ।
लालिगुराँस नगरपालिका वासीहरुले स्थानीयस्तरमा उपलब्ध प्राङगारिक मल, गाईभैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्दै आएका छन् । उनिहरुले तितेपाती, असुरो, खरानी, गाईभैँसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग कीरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने काम गरिरहेका छन् । रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङ्गारिक खेतीमा जोड दिएका दिएको स्थानीयवासी गीता राईले बताउनुभयो ।
परम्परागत ज्ञान तथा सीपलाई समय सापेक्ष रुपमा परिवर्तन गरीे प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गर्दा प्रति ईकाई भूमिबाट अधिक उत्पादन हुनुको साथै सो क्षेत्रको पर्यावरण वातावरण सन्तुलन राख्न सहयोग पुग्दछ । प्राङ्गारिक खेती प्रणालीको महत्व र फाइदा बुझिसकेका लालिगुराँस नगरपालिकाका कृषकहरुले आलु, वन्दा, साग, मटरकोसा र अन्य केही बालीहरुमा यो पद्धति शुरु गरी उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन थालिसकेका छन्


