इटहरी । प्रेस चौतारी इटहरीले पत्रकार र पत्रकारितामा रुची राख्ने विद्यार्थीहरुको लागि सात दिने फोटोसप र भिडियो मिक्सीङसम्बन्धी आधारभुत तालिम सम्पन्न गरेको छ ।
इटहरीको ब्रिटिश एजुकेशन कन्सल्टेन्सीको सभा हलमा सञ्चालन भएको तालिममा विसप ताम्राकार, हिमाल दाहाल तथा व्रिटिश एजुकेशनका आइ टि इन्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्बन्धी र दिपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सीङसम्बन्धी सहजिकरण गरेका थिए ।
उक्त तालिमले आफूहरुलाई निकै सहयोग पुर्याएको सहभागीहरुले बताएका छन् । सहभागी निशा धितालले आफूलाई यसअघि फोटोसप र भिडियो मिक्सीगंको ज्ञान नभएकोमा यस तालिमले आफूलाई धेरै कुरा सिकाएको बताइन् । साथै उनले प्रेस चौतारीले गरेको कार्यक्रमको प्रसंशा गर्दै आगामी दिनमा पनि यस्ता तालिमहरु गराउन अनुरोध गरिन् ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उपस्थित विशिष्ट अतिथि, अतिथीहरुले पनि तालिमको प्रसंशा गरेका थिए । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले विगतमा आफूले भिडियो मिक्सीङ नजान्दा पाएको दुःखको किस्सा सुनाएका थिए ।
प्रेस चौतारी नेपाल इटहरी कमिटीका अध्यक्ष रेवती निरौलाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रेस चौतारी सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेल , प्रेस सेन्टर नेपाल सुनसरीका उपसचिव राजन केडि, प्रेस चौतारी इटहरी नगर इञ्चार्ज विकल पौडेललगायतको उपस्थिती थियो ।

तालिमको लागि हल उपलब्ध गराएका ब्रिटिश एजुकेशनका सञ्चालक नगेन्द्र दंगालले कार्यक्रममा सहयोगी बन्न पाउँदा खुशी भएको बताए ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल इटहरी कमिटीका अध्यक्ष रेवती निरौलाले आगामी दिनमा पनि विभिन्न प्रकारका तालिमहरु गराइने प्रतिबद्धता व्यक्त गरे । तालिममा २० जना सहभागि थिए ।


