सुनसरी : सप्तकोशी नदीमा आत्माहत्या गर्न खोज्ने एकै परिवारका चार जनाको शुक्रबार साँझ प्रहरीले उद्दार गरेको छ ।

इटहरी वडा नं. २ की ३४ वर्षे अम्बिका खड्कासहित १२ र नौ वर्षका दुईवटी छोरी तथा सात वर्षको छोराको प्रहरीले उद्दार गरेको हो । एक महिनाअघि विदेशबाट फर्केका श्रीमान शरणकुमारले मानसिक तनाब दिने र कुटपिट गर्ने गरेपछि अम्बिकासहित चारै जना सामूहिक आत्माहत्या गर्न सप्तकोशी पुगेका थिए ।

सामूहिक आत्महत्या गर्न खोजिरहेको सूचना पाएलगतै प्रहरी चौकी कोशी ब्यारेजको टोलीले उनीहरुलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो । उद्दार गरिएका चारै जनालाई प्रहरीले शरणकुमारलाई सम्झाएर जिम्मा लगाएको जनाएको छ।