इटहरी । समाजसेवी दम्पत्ती रामचन्द्र अधिकारी र सीता अधिकारीले दिवंगत आमाबुवाको स्मृतिमा स्थापना गरेका विभिन्न पुरस्कारहरु वितरण गरिएको छ । साहित्य तथा सञ्चार क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई पुरस्कार दिइएको हो ।

रामचन्द्र अधिकारी अध्यक्ष रहेको तारानीधि धनमाया अधिकारी स्मृति प्रतिष्ठानले पत्रकार, साहित्यकार तथा सामाजिक संस्थालाई नगदसहित सम्मान गरेको हो । 

सासु–ससुराको नाममा स्थापना गरेको दीननाथ-नारायणीदेवी पौडेल स्मृति पुरस्कार २०७८ बाट सुनसरीका अग्रज पत्रकार गिरिराज आचार्यलाई नगद रु. २५ हजार रुपैयासहित सम्मान गरिएको छ ।  

यस्तै पत्रकार शिव गाउँलेलाई नगद ३५ हजार रुपैयासहितको नारायणप्रसाद रिजाल स्मृति पुरस्कार २०७८ बाट सम्मान गरिएको छ । रिजाललाई अधिकारीले कर्मपिता मानेका छन् ।

यस्तै पूर्वान्चल बालसेवा आश्रम विराटनगरलाई नगद २५ हजार रुपैया राशीको तारानिधि–धनमाया समाजसेवा पुरस्कार प्रदान गरिएको छ ।

यस्तै ५१ हजार रुपैया राशीको तारानिधि–धनमाया स्मृति पुरस्कार वरिष्ठ साहित्यकार सरुभक्तलाई दिइएको छ । कार्यक्रममा सरुभक्त उपस्थित हुन नसकेकोले केही दिनमा उनी इटहरी आएर पुरस्कार ग्रहण गर्ने आयोजक संस्थाले जानकारी दिएको छ । 

प्रतिष्ठानले एक करोड रुपैयाको अक्षयकोष नै स्थापना गरेर पुरस्कार वितरण गर्दै आएको छ । प्रत्येक वर्ष एक जना साहित्यकार, राष्ट्रिय स्तरमा योगदान पुर्याउने एक जना पत्रकार, सुनसरीका एक जना पत्रकार र एउटा सामाजिक संस्थालाई पुरस्कार दिँदै आएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले एक करोड राशीको अक्षयकोष भएको पुरस्कार प्रदेश १ मै निकै कम रहेको बताउँदै समाजलाई योगदान दिने संस्थाहरुको संरक्षणको दायित्व इटहरी उपमहानगरपालिकाले बहन गर्ने बताए । उनले रामचन्द्र अधिकारीले इटहरीको विकासमा दिएको योगदानहरुको पनि चर्चा गरेका थिए ।

८५ वर्षका अधिकारीले यसअघि पनि विभिन्न सामाजिक संघसंस्था, मन्दिर तथा सामाजिक अभियानहरुलाई सहयोग गरिसकेका छन् भने विभिन्न सामाजिक संघसंस्थामार्फत् सामाजिक योगदानसमेत दिइसकेका छन् ।

धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ

इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको ख ...

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

इटहरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसा ...

इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न

इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेज तथा सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुल ...