इटहरी । मेची महाकाली बुहारी सयुंक्त आवाजले महिला हिंसाबिरुद्ध अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
इटहरीमा आइतबार भएको बुहारी आवाजको तेस्रो वार्षिक उत्सवले महिला तथा वालबालिकाको हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मेची महाकाली बुहारी सयुंक्त आवाज नेपाल ४८ जिल्लामा संगठित छ । सवै जिल्लामा अभियान सशक्त बनाउने निर्णय गरिएको छ।

संस्थाकी केन्द्रीय अध्यक्ष यामु शर्मा सुब्बाले अनलाइनमार्फत् अमेरिकाबाट समारोहलाइ सम्बोधन गर्दै महिलाहरु न्यायिक ढिलासुस्तीको सिकार भइरहेको बताइन् ।
समारोहका विशिष्ट अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संविधानले दिएको स्वतन्त्रताको हक अन्तगतको संस्था खोल्न पाउने हक प्रयोग गरी खुलेको यो सँस्थाले महिलाका मुद्दामा सामुहिक प्रतिवाद गरिरहेको उल्लेख गरे ।
सँस्थाकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेको सभापतित्वमा सम्पन्न समारोहमा सँस्थाकै विभिन्न शाखाहरुलाइ विभिन्न विधामा उत्कृष्ठ घोषित गरी अवार्डसमेत वितरण गरिएको थियो ।
समुहमा विभिन्न राजनीतिक दलमा आबद्ध महिलाहरु रहेको इटहरीकी सदस्य पुजा बिडारिले जानकारी दिइन् । संगठन भएको ४८ वटै जिल्लाका प्रतिनिधी सहभागी भएको कार्यक्रममा इटहरी उपमहानगरपाकिलाका मेयर हेमकर्ण पौडेलले तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गरेका थिए ।


