नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्र आश्रम इटहरीद्धारा मानव धर्मका प्रणेता सतपालजीको ७२ औ जन्मोत्सव एक कार्यक्रम गरी मनाइएको छ ।
शुक्रवार इटहरी स्थित संस्थाको आश्रममा वृहत सत्संग कार्यक्रम गरी सतपालजीको ७२ औँ जन्मोत्सव मनाइएको हो । आश्रम प्रभारी महात्मा नन्दनी बाइजीको अध्यक्षतामा आयोजीत कार्यक्रममा आध्यात्मीक प्रवचन,भजन साथै सांस्कृतीक कार्यक्रमहरु प्रस्तुत गरीएको थियो ।
सोही कार्यक्रमका बीच समाजमा भइरहेका सामाजीक तथा आध्यात्मीक गतिविधिहरु पत्रपत्रीका तथा सञ्चार माध्यमबाट जनमानसमा पुर्याउन योगदान गरेको भन्दै संचारकर्मी हरु बिकल पौडेल, बिकल रेग्मी, साथै बिबेक बिवश रेग्मीलाइ सम्मान गरीएको थियो ।
यस्तै जन्मोत्सवकै अवसर परेर रक्तदान कार्यक्रम,संचारकर्मी, एस इइ र प्लसटु उर्तीण गरेका विद्यार्थीहरुलाइ सम्मान गरीएको थियो । साथै यस अघिपनी समितिले आध्यात्म प्रचार का साथै शीक्षा अभीयान,विपन्न विद्यार्थीलाइ शैक्षीक सामाग्री वितरण,रक्तदान लगायतका विभीन्न शैक्षिक तथा सामाजीक कृयाकलापहरु गर्दै आइरहेको छ ।



