इटहरी । सुनसरीको इटहरी ४ स्थित बगैचा टोल बिकाश संस्थाले गत शनिबार आफ्नो १८ औ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ ।सुनिल कार्कीको नेतृत्वमा रहेको टोल विकास अठारौँ साधारण सभालेले संस्थामा रत्नबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्य समिती पनि चयन गरेको छ ।

बिभिन्न सामाजिक कामहरूमा सकृिय संस्थाको रूपमा परिचित बगैचा टोल बिकाश संस्थाले कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितीको उपाध्यक्षमा उपाध्यक्ष कुसुम माया तमांग , सचिव पूर्ण बहादुर बस्नेत  कोषाध्यक्ष लक्ष्मी पोखरेल, सह(सचिव सबिता राई, सदस्य अनिमेश कार्की, सदस्य दुर्गा माया तमांग लगायत अन्य रहेका छन ।

308619893_5539443322768670_7270400553353769448_n

कार्यक्रममा टोलको भवनकोलागी १० धुर जग्गा निशुल्क प्रदान गर्ने जग्गा दाता हरी न्यौपाने र भवन निर्माण कार्यमा सहयोग  गर्ने युवा नेता मदन चुडाललाई सम्मान गरीएको थियो । त्यस्तै संस्थाको साधारण सभामा उपस्थित १८ जना ज्येस्ठ नागरिकहरूलाइ ढाका टोपि , लौरो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

305770324_5539276162785386_7337095564299938338_n

कार्यक्रममा प्रमुख अतिथी एक नं प्रदेशकि उप सभामुख सरस्वती पोख्रेल , बिशिस्ट अतिथी प्रदेश सांसद  सर्वध्वोज साँवा , इटहरी खानेपानीका अध्यक्ष राम प्रशाद चौलागाइले संस्थाले गरेको सामाजिक कामहरूको बारेमा खुलेरै प्रसंशा गरेका थिए ।

306796558_8139220939484141_6246447004547415876_n

कार्यक्रममा  वडा (४ पूर्व सदस्य डिक बहादुर राई ४ नम्बर वडा सदस्य बिशेस्वर पोखरेल लगायत छिमेकि टोल विकास संस्थाको अध्यक्ष तथा प्रतिनिधि बगैंचा टोलका पूर्व अध्यक्ष तथा पदाधिकारी र पत्रकारहरूको पनि उपस्थिती रहेको थियो ।