रोटर्याक्ट क्लब अफ सुनसरीको आयोजनामा पर्यटकीय क्षेत्रका रूपमा परिचित गौशालामा  वृक्षारोपण कार्य सम्पन्न भएको छ ।


क्लबका अध्यक्ष माला धितालको अध्यक्षतामा भएको विक्षारोपण कार्यक्रममा सुन्दरहरैचा को धार्मिक क्षेत्र गौशालामा १०० वोटा बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।

 गौशाला पर्यटकीय क्षेत्र भएकाले भविष्यमा पनि यस वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने र आरएसी सुनसरी बगैंचा नामकरण गरेर त्यहाँ सुन्दर बगैंचा बनाउने योजना रहेको क्लबकि  अध्यक्ष माला धितालले बताइन 

317396073_1139984083389225_8156667084607596625_n 1

DON'T MAKE TREE RARE, KEEP THEM WITH CARE! नारा लिएर RI District 3292  ले सुरु गरेको  विक्षारोपण कार्यक्रममा गौशालाका गुरुहरु,   रोटरीयन, रोट्रायाक्टरहरु, बैकर्स तथा साइन रेसुंगा  डेवलपमेन्ट बैक लि.का कर्मचारीहरु लगायतको सहभागीता रहेको कार्यक्रम  संयोजक निशा नायडू ले बताइन ।

316813829_648857483602825_7645764697762908822_n