इटहरी । विगत देखि भाडाको घरबाट सेवा प्रभाह गर्दै आएको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ को भवन एक कार्यक्रमका विच उदघाटन गरिएको छ । इटहरी उपमहानरपालिका वडा नम्बर ८को नवनिर्मित भवनको उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच उदघाटन गरेका हुन ।
८६ लाख ३४हजार ४सय४४ रुपैया लागतमा सयपत्री मल्टीप्रपोज कम्पनीले निर्माण गरेको अपागं मैत्री भवनको उद्घाटन वडा नम्बर ८ का वडाध्यक्ष रोहित चौधरीको अध्यक्षतामा गरिएको हो ।

वडाले आफनै भवनबाट सेवा दिदा सेवाग्रहीहरुलाई सहज हुने वडावासी सन्त बहादुर डुम्जन वताउछन । अपागं मैत्री भवन भएका कारण समेत असक्तहरुलाई समेत सेवा लिन आउदा सहज हुने समाजसेवी डुम्जनले जानकारी दिए ।

त्यसैगरि जग्गादाता सबिता कुमारी चौधरीले वडा कार्यलय निर्माणका लागि १ कठ्ठा २ धुर जग्गा प्रधान गरेकोमा उनलाई धन्यवाद स्वरुप सम्मान पत्र द्धारा सम्मान गरियो ।
सोही अवसरमा वडाका १ सय ५० जना जेष्ठ नागरिकहरुलाई जाडोको मौसमा न्यानो फाईबरको सिरक वडाले वितरण गरेको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खड्ग बहादुर खड्का,कार्यपालिका सदस्यहरु त्था बिभिन्न टोलका प्रतिनिधिहरु त्था वडाबासीहरुको उपस्थिति रहेको थियो ।


