बुधवार बेलुका इनरुवा वडा नम्बर सात चादबेलाका वडा सदस्य सहितको समूहले स्थानीय एक परिवारलाई घरमै गएर कुटपिट गरेका छन् ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य तबरेज आलम र उनको समूहले चादबेला स्थित जेलुदिन मियाको घरमा पुगेर परिवारलाई सामूहिक कुटपिट गरेका हुन ।
छिमेकीको ट्वाइलेट गनाएर बस्नै नसकिने भएको भन्दै जेलुदिन मियाको परिवारले गुनासो गर्दा छिमेकी समीर रैनका फुपूका छोरा समेत रहेका वडा सदस्यले विवाद सुल्झाउनको सट्टा उल्टै समूह लगेर आफैले हातपात गरेको जेलुदिन बताँउछन । तबरेजले महिला माथि गालीगलौज गर्नुका साथै हातपात समेत गरेको बताइएको छ । 
तबरेज आलमले आफू सहित नातामा आफ्ना भाइ पर्ने प्रवेश आलम, जाकिर आलम, समीर मिया, हारुक मिया र महफुज मिया लगायतको समूह बनाएर जेलुदिनको घर पुगेर गालीगलौज गर्दै परिवारका सदस्य माथि हातपात गरेको बताइएको छ । उनले आफूसहित उनकी श्रीमती मरियम खातुन, सुत्केरी छोरी अङगुरी खातुन र  ६७ वर्षीय आमा सहिदनमाथि कुटपिट गरेको बताएका छन् ।

छिमेकी समीर रैनको चर्पी केही महिना देखि गनाएर पीडित भएका जेलुदिनका परिवारले गुनासो गर्दा रैनले आफ्नो फुपूको छोरा वडा सदस्य तरबेजलाई बोलाइ उल्टै परिवारलाई नै  गालीगलौज गर्दै कुटपिट गरेको जेलुदिन बताउँछन् । कुटाइबाट जेलुदिनकी श्रीमती मरियम खातुन घाइते भएकी छिन उनलाई विराटनगर गोल्डेन अस्पतालमा उपचार गराइएको बताइएको छ  ।