सरकारले क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि यहाँका क्रसर उद्योग आन्दोलित भएका हुन् । झापाको बिर्तामोडमा आज पत्रकारको सम्मेलन आयोजना गरी क्रसर उद्योगीले सरकारको निर्णय नसच्चिए पुस २८ गतेदेखि अनिश्चितकालका लागि क्रसर उद्योग बन्द गर्ने चेतावनी दिएका छन् ।

क्रसर उद्योग व्यवसायी संघका केन्द्रीय सल्लाहकार शेरबहादुर थापाले सरकारले क्रसर उद्योग बन्द गर्न दिएको निर्देशन तत्लका फिर्ता लिनुपर्ने बताउनुभयो । २०७१ सालदेखि नवीकरण बन्द भएको बताउँदै थापाले भन्नुभयो, “अहिले नवीकरण नभएका उद्योगहरु बन्द गर्न गृह मन्त्रालयले दिएको निर्देशनप्रति हामी अत्यन्त चिन्तित छौं ।”

सरकारकै कारण उद्योग नवीकरण नभएको थापाको भनाइ छ । क्रसर उद्योगी–व्यवसायीसँग सम्झौता बमोजिम नै २०७१ साल यता क्रसर उद्योग सञ्चालन हुँदै आएको थापाले बताउनुभयो । सरकारको निर्णयले अर्बौं राजवश्व गुमाउने अवस्था सिर्जना हुनुका साथै धेरैले रोजीरोटी गुम्ने उहाँले बताउनुभयो ।

त्यसै गरि आजै सुनसरीको इटहरीमा मा कोशि क्रसर व्यबसायी संघको पत्रकार सम्मेलन गरि सरकारलाई दवाव दिने कार्ययोजना रहेको छ ।