इटहरीको विद्यालय ईटहरी नमुना कलेजले आफुलाई आमुल परिवर्तन गरेको छ । शिक्षामा निजि विद्यालयहरु अब्बल साबित हुँदैछन् । इटहरीको अव्वल शिक्षा संदेश प्रवाह गर्ने विद्यालयको रुपमा रहेको ईटहरी नमुना कलेजले आफुलाई समयानुकुल परिवर्तन गर्दै आएपछि विद्यालय प्रति विद्यार्थीहरुको आर्कषण बढ्न थालेको छ ।
इटहरीमा गुणस्तरिय शिक्षा प्रवाह गर्ने विद्यालय मध्ये राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता शैक्षिक सस्थाबाट सम्बन्धन प्राप्त गरि ईटहरीलाई शैक्षिक स्थलको रुपमा चिनाउदै पढाई हुन थालेपछि अभिभावकहरु आफ्ना छोराछोरीलाई ईटहरी नमुना कलेज गर्न आर्कषित भएका हुन ।
विभिन्न विषयमा स्नात्तकोत्तर गरेका शिक्षक नियुक्त गरेर पढाई शुरु गरेपछि ईटहरी नमुना कलेजले लोभलाग्दो प्रगती गरेको छ । अहिले बार्षिक लाखौं रुपैँया शुल्क तिरेर घरबाट टाडा अध्ययन गर्नेकैलागि जानुपर्नै समस्याको समाधान गर्दे विद्यालयमा छोराछोरी पढाईरहेका अभिभावकको रोजाईमा ईटहरी नमुना कलेज पर्न थालेको छ । राम्रो शैक्षिक गुणस्तर भएको भनिएका अन्य शहरको विद्यालयको सयौं विद्यार्थीहरु ईटहरी नमुना कलेजमा भर्ना हुन थालेका छन् ।
आफुलाई आधुनिक शिक्षा प्रणाली अन्तर्गत डोहोर्याईरहेको विद्यालयले पक्की भवन निर्माण गरी पठनपाठन गाईरहेको छ । नयाँ शैक्षिक सत्रका लागि समेत ईटहरी नमुना कलेजले खोलेको भर्नामा जिल्ला तथा जिल्ला बाहिरको विद्यार्थीले आवेदन दिएका छन ।
निजि विद्यालयहरु मध्ये नमुना विद्यालय बनाउने संकल्पका साथ अघि बढिरहेको विद्यालयले स्कुल बसको व्यवस्था गरी सबै कक्षामा अध्ययनरत विद्यार्थीलाई विभिन्न स्थानहरुमा शैक्षिक भ्रमण समेत गराउने गरेको छ । विद्यार्थीलाई व्यवहारिक विषयगत ज्ञान दिलाउन विद्यालयले प्रयोग्तामक शैक्षिक अभयास समेत संचालन गरिरहेको छ ।
शिक्षामा गुणस्तरीय शिक्षा दिने उद्देश्यले विद्यालयले कम्प्युटर र ल्यापटपको मद्धतले विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा दिनुका साथै प्रोजेक्टरको सहयोगमा वैज्ञानिक शिक्षामा जोड दिईरहेको छ ।
विद्यार्थीहरुको सैद्धान्तिक ज्ञानलाई मात्र नभएर विद्यालयले बाईजोजी ल्याब व्यवहारिक ज्ञान बाँडिरहेको छ । भौतिक र रसायनिक प्रयोगशालालाई व्यवस्थित गर्न प्रयोगशाला विद्यालयले तीव्रता दिएको छ ।
पाठ्यक्रमका अतिरिक्त विद्यार्थीको समग्र सर्वाङ्गिण विकासलाई प्राथमिकता दिएको ईटहरी नमुना कलेजले जिल्लाको कयौ कार्यक्रममा विद्यार्थी सहभािग भइ सफल स्थान हासिल गरि कलेजको गौरव समेत बढाउन विद्यार्थी सफल भईसकेका छन् ।
कोरोना कहरको समयमा लकडाउन भएपछि भौतिक रुपमा विद्यालय सञ्चालन गरी पठनपाठन सुचारु गर्न कठिनाई भएता पनि विद्यालयले प्रविधिको साहायतामा वैकल्पिक माध्यममा सिकाईमा सहजीकरण गरी शैक्षिक गतिविधिलाई निरन्तरता दिएको थियो ।
कोभिड कहरका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकसँग प्रत्यक्ष अन्तरिक्रया गर्न नसकेको विद्यालय प्रशासनले जनजीवन सामान्य भएपश्चात अभिभावकसँगको सम्पर्क तथा अन्तरक्रियालाई बढाइ विद्यालय प्रशासनको काम संचालन गरिरहेको छ ।
वर्तमान समयमा महंगो शुल्क भएका राजधानि लगायतको विद्यालयले मात्र विद्यार्थीहरुलाई समय सापेक्ष शिक्षा दिन्छन भन्ने अभिभावकको मान्यतालाई ईटहरी नमुना कलेजले परिवर्तन गरिदिएको छ । समयसापेक्ष दक्ष विषय विज्ञ शिक्षक कर्मचारी नियुक्त गरेर पढाई शुरु गरेपछि ईटहरी नमुना कलेजप्रतिको आर्कषण बर्षेनी बढ्दो छ ।
नमुना विद्यालयको रुपमा विकास हुँदै गईरहेको विद्यालयमा अहिले जुनसुकै तहमा विद्यार्थी भर्ना खुले पनि विद्यार्थीको चाप भौतिक पूर्वाधार र जनशक्तिका हिसाबले थेग्न कठिन हुन थालेको छ । राजधानि लगायतको विद्यालयमा भन्दा उत्कृष्ट पठनपाठन हुने भन्दै सबैको उद्देश्य ईटहरी नमुना कलेजमै पढ्ने रहर र क्षमता बमोजिम भर्ना गर्दे निष्पक्ष रुपमा विद्यालयले भर्ना गर्दा प्रवेश परीक्षा लिइ प्रवेश परिक्षामा सफल विद्यार्थीहरुलाइ मात्र भर्ना गरेको तर्क विद्यालय व्यवस्थापनको छ ।
अहिले नयाँ शैक्षिक सत्रमा भर्ना खुलेको ईटहरी नमुना कलेजमा इटहरी भरमै उत्कृष्ट पढाई हुने अपेक्षाका साथ परीक्षमा उत्कृष्ट नतिजा हाँसिल गरेका विद्यार्थीहरु समेत आर्कषित भई भर्ना हुन आवेदन दिईरहेका छन् ।
हाल ईटहरी नमुुना कलेजमा वि.ए.एस.डव्लु, वि.एच.एम,वि.वि.एस,वि.सि.ए., वि.वि.ए,एम.वि.ए त्यसै गरि माध्यमिक तहमा व्यवस्थापन, काकाुनि विषय,होटल म्यानेजमेन्ट,साइन्स विषयमा अध्ययन अध्यापन गराउदै पुर्वको ईटहरीमा शैक्षिक क्षेत्रमा अव्वल हुदै गइरहेको छ ।
देशकै नमुना विद्यालय बन्ने अभियान अन्तर्गत विद्यालयले योजनाका साथ तयारी शुरु भईसकेको छ ।


