
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले क्रसर उद्योगबारे सरकारले अध्ययन गरिरहेको बताएका छन् ।
बुधबार मन्त्रिपरिषदको बैठकमा पनि क्रसर उद्योगका विषयमा छलफल भएको भन्दै उनले सम्बन्धित पक्षका पनि कुरा सुनेर छिट्टै समस्या समाधान गर्ने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले क्रसर उद्योगको विषयमा थप अध्ययन गरी सम्बन्धित पक्षको भनाइ सुनेर छिट्टै निर्णयमा पुग्ने बताए ।


