इटहरी । शिक्षा आर्जनका साथै चौतर्फी रुपमा विद्यार्थीको विकासमा जोड दिदै विगत ९ वर्ष देखि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालले सञ्चालन गर्दै आएको हिसान स्पोट्स मिट यस वर्ष पनि हुने भएको छ ।

त्यसै गरी हिसान सुनसरीको विद्यालय शाखा अन्तगर रहेको हिसान स्कुल इटहरीले पनि सोही समयमा प्रथम हिसान स्कुल स्पोष्ट्स मिट आयोजना गर्ने समेत जानकारी गराइयो ।

हिसान स्पोष्ट्र्स मिट यही माघ १४ गते धरानको सियोन स्कुलमा समापन कार्यक्रम आयोजना गरिने छ । त्यसै गरी प्रथम हिसान स्कुल स्पोष्ट्र्स इटहरीमा कक्षा १ देखि १० सम्मका विद्यार्थीले खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराई ,वरिष्ठ उपाध्यक्ष पेशल पोखरेल, हिसान केन्द्रिय सदस्य मुकुन्द घिमिरे, हिसान प्रदेश वरिष्ठ उपाध्यक्ष गणेश दुलाला,जिल्ला सल्लाहकार केशव खड्का र हिसान स्कुल ईटहरीका इन्चार्ज राम कालाखेती लगायतले पत्रकारहरुका जिज्ञासाको जवाफ दिएका थिए


