इटहरी,५ माघ । नेकपा (एमाले )को भातृ संगठन अनेरास्ववियुको पदाधीकारीमा चर्चित विद्यार्थी नेता जीबी गजलले आफ्नो दाबी रहेको बताएका छन् । काठमाडौंमा यहि फागुन २ गते देखि ४ गते सम्म हुने अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट हुने नयाँ कमिटीको पदाधीकारीमा दाबी पेश गरेका हुन् ।
राजनीति संगै साहित्य क्षेत्रमा राम्रो दखल भएका गजल बहुप्रतिभाको धनीकारुपमा परिचित छन् । कम्युनिष्ट पार्टीको विचार र अनेरास्ववियुका नेता कार्यकर्ताहरुको जुझारुपनको कारण माविमा अध्यन गर्दै गरेको समयदेखिनै अनेरास्ववियुमा आवद्द भएको गजल बताउछन ।
गजलले अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको अध्यक्ष र नेकपा कालमा एकताको पनि अध्यक्ष भई सफल नेतृत्व गरिसकेका छन् । गजल नेकपा एमालेको सुनसरी जिल्ला कमिटीको निर्वाचित जिल्ला सदस्य हुन् भने पार्टीले उनलाई विद्यार्थी स-इन्चार्ज एवं प्रचार बिभाग उपप्रमुखको जिम्मेवारी दिएको छ । हाल उनि अनेरास्ववियुको केन्द्रिय सचिवालय सदस्यको समेत जिम्मेवारीमा छन् ।


