राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम तीब्र गतिमा अगाडि बढेको देखिएको छ । आयोजनाका अनुसार दुई महिनाको अवधिमा ३ हजार मिटर भन्दा बढी खनिसकिएको छ । गएको असोज २८ गतेबाट खन्न सुरु गरिएको यो आयोजनाको निर्माण कार्यको गति नेपालको अन्य राष्ट्रिय आयोजना भन्दै निकै अगाडि रहेको देखिएको छ ।

आयोजनाका अनुसार टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको उक्त योजनामा दुई महिना भित्रै ३ हजार मिटर भन्दा बढी सुरुङ खनिएको थाहा लागेको छ ।

nnnnnnnnnnnnnnnnnnnnnn

सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालका अनुसार १३ दशमलब तीन किलोमिटर लामो सुरुङ कमलामाई नगरपालिका–२ कुसुमटारबाट खन्न सुरु गरिएको हो ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ९कोभेक०ले टनेल बोरिङ मेसिनबाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेको भएपनि अहिलेसम्मको काम गराईलाई हेर्दा आफुहरु निकै उत्साहित भएको र लक्ष्य भन्दा प्रगति बढेको उनको भनाइ छ ।

प्रति महिना पाँच सय मिटर सुरुङ खन्ने आयोजनाको लक्ष्य हो, आयोजना प्रमुख बरालले भनेः अहिलेसम्म भौगर्भिक समस्या नआएकाले लक्ष्यभन्दा बढी काम भएको छ, हामी कामप्रति उत्साहित भएका छौं । उनी अगाडि थप्छन्ः कामको गति भौगर्भिक समस्यामा निर्भर हुने गर्छ ,किनकी विगतका सिकाइले पनि त्यही कुरा देखाएको छ ।

बाह्रै महिना सिँचाइ सुविधा पुगेमा वार्षिक २६ अर्ब रुपैयाँ बराबरको कृषि उत्पादन बढ्ने र आयोजना अन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक एक अर्ब ५५ करोड आम्दानी हुने लक्ष्य नेपाल सरकारले लिएको छ ।

तत्कालिन नेकपा नेतृत्वको सरकारका प्रधानन्त्री ओलीले शिलान्यास गरेको राष्ट्रिय गौरवको आयोजनाको निर्माण गति बढेसँगै सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार हुन समय नलाग्ने एमाले नेता केशव देवकोटाले बताए । उनी अगाडि भन्छन्ः राष्ट्रिय गौरवको आयोजनालाई सफल बनाए मात्रै सिन्धुलीको मात्र नभएर यस क्षेत्रको विकासले नयाँ गति लिनेछ ।