प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ मा ९  मन्त्रालय को योजना  रहेको  बताएका छन्। प्रदेशलाइ शवलिकरण सगै योग्य र सक्षम प्रदेश रुपमा चिनाउने बताएका छन् । कार्किले सवै स्थानिय सरकारलाई जनताको भावना अनुरुपम कार्य गर्न निर्देशन दिएका छन् ।

बिराटनगरमा भएको  पत्रकार महासंघ प्रदेश १ समितीसँगको भेटघाटमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरुको जिम्मेवारी तोकिने समेत बताए ।

मन्त्री कार्कीले ९ वटा भन्दा बढी मन्त्रालय नबढाउने दाबी गर्दै गठवन्धनको सरकार भएकाले समझदारीमा अगाडी बढ्ने समेत बताए ।

मुख्यमन्त्री कार्कीले पुस २५ गते प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथ ग्रहण लिएका हुन् । भने उनी नियुक्त भएयता विनाविभागिय ७ जना बिना विभागीय मन्त्री नियुक्त गरिसकेका छन् ।