प्रदेश १ को मुख्य सहर मानिने इटहरीको प्रमुख सडकबाट लगभग १५०० मिटरको भित्र रहेको ट्याग्रा टोलि इटहरी उपमहानगरपालिका वार्ड नम्बर ७ मा वस्ने अनु सदाको आमालाइ पढाइले अझै सताइरहन्छ । सानै उमेर विवाह भएको र पारिवारिक जिवनमा बाधिएको कारणले स्कूलको पढाइ पनि पुरा गर्न पाइनन् । 

कनै समयमा यस गाउमा पढेलखेका बालबालिका तथा अभिभावक  विरलै देख्न पाइन्थ्यो । तर आजभोलिको समयमा विहानिको घाम सगै यस समुदायको बालाबालिकाको हातमा किताव कलम र खुटामा लगाएको चप्पल पट्काउदै अनुहारमा बग्लै उत्साहाका साथ नजिकैको प्रतिज्ञा नेपालले सञ्चालन गरेको निःशुल्क समुदाय अध्ययन कक्षामा रमाउदै पढ्न जानछन् । प्रतिज्ञा नेपालले ईटहरीको भित्रि समुादाय जहा अझै पनि पढाइबाट वञ्चित  रहेको र पढाईको पहुच नभएको ६ स्थानमा निःशुल्क समुदाय अध्ययन सञ्चालन गरेको छ । 

312024353_495097955669712_7840522174913149935_n

निःशुल्क समुदाय अध्ययन सञ्चालन भएयता ५ वर्षमा १९ जना बालकालिकाले एस. इ.इ उत्तिर्ण गरेर थप अध्ययन गर्देछन् । साथै हाल ३५० बढि बालबालिका र २५ बढि महिला अभिभावक स्वारोजगार मा प्रत्यक्ष लाभांभित रहेको छ । साथै १ महिला अभिभावक स्थानिय वडा सदस्यमा समेत हुनुहुन्छ । यस सस्थाले समय समयमा गाउँलाई आवश्यक तालिम, शिक्षा साथै आर्थिक वचत गर्न प्रोत्साहन समेत गर्दे आएको छ । 

मुुख्य शहर इटहरी देखि करिव २५ मिनेटको यात्रा तय गरेर पुगिने इटिहरीको ट्यान्ग्रा टोल लगायतको मुसहर समुदायमा रहेका सवै बालबालिका रमाउदै पढन जानु यति बेला अभिभावको आखामा खुसिको आशु भएको छ । यस समुदायका प्राय अभिभावक वैदेसिक रोजगार, दैनिकि ज्याला मजदुरि गर्ने र अर्काको घरमा ज्यालामजदुुरी गर्दछन् । यसरी विभिन्न क्षेत्रमा काम  गर्न जादा र काम गर्ने  क्षेत्रको स(साना बालबालिका विद्यालय जान थालेको देखेर पनि, छोराछोरिलाइ पढाउनुु पर्छ भन्ने महसुस गरेर अहिले समुुदायकोे प्राय सवै बालबालिका विद्यालय पढ्न जान थालेको  प्रतिज्ञा नेपालको कार्यक्रम संयोजक विनोद नेपाल बताउछन् । 

312149678_3132418303680963_4456187206974164860_n

स्थानिय समुुदायमा अध्ययन क्षेत्र सञ्चानलन गरेको यो शिक्षा प्रणालि मा अवलोकन गर्दा लाग्दछ कि हामि रमाइलो मेलामा गए जस्तो । विद्यार्थीको अध्ययन क्षमता अनुुसारको अक्षर चित्रहरु भित्तामा टासिएका छन् । पठनपाठन सहज बनाउन खेलाउदै रमाउदै पढ्ने र पढनउने प्रणालि रहेको यस प्रतिज्ञा नेपालको अनौठो रोचक प्रस्तुति रहेको छ ।  कक्षा कोठा भित्र साने पुस्तकालय साथै विभिन्न सुचनामुलक लेख देखिन्छ । प्रतिज्ञा नेपालले आधारभुत स्वास्थ्य देखि महिला स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रमहरु गर्दै आएको र विद्यार्थिहरुलाइ पठनपाठन संगै अतिरिक्त क्रियाकलापमा अग्रसर गराउदै समुुदायमा सकारात्मक परिवरर्तनका लागि सोहि समुदायका बालबालिकाहरुलाई तयार गर्दै आएको छ ।  अध्ययनलाइ  किताव कपिमा मात्र सिमित नभई प्रयोगात्म शिक्षा जोड दिदै  आधारभुुत शिक्षाबाट कोहि पनि बन्चित नहुुन भन्ने नविनतम सोचले विभिन्न समुुदायमा सञ्चालन गरिएको र शिक्षाको मुुहान फुुटउदै गरेको यस किसिमको प्रयासले स्थानिय अभिभावक र बालबालिकामा बेग्लै उत्साहले भरिएको स्पष्टरुपमा देख्न सकिन्छ । 

312294850_512975787027850_3133593144428174876_n

कक्षा दश मा अध्ययनरत विद्यार्थि आरति सदा बताउछिन ः म विहानको समयमा पढ्न आउछु र नियमित विद्यालय जान्छु र घरमा आमालाइ काम गर्न सघाउदै पढन वस्छु हामिलाइ सरहरुले खेलाउदै पढाउनु हुन्छ यसले गर्दा अझ पढन मन लाग्छ, समय समयमा खेल पनि खेलाउनु हुन्छ र हामिलाइ उपहार पनि दिनुुहुुन्छ । हामिलाई कहिले कहि नेतृत्व विकास तालिम, वृहत यौन शिक्षा लगायतको तालिम पनि दिनुुहुुन्छ । 

317601235_502718405165679_4058668856328631403_n

अभिभावक स्वारोजगार कार्यक्रम अन्तर्गत  समुदायको महिलाहरुलाइ लुुगा सिलाउने तालिम दिइएको थियो । यस किसिमको तालिमा समय समयमा आवश्यकताको आधारमा तालिम पनि दिदै आएको छ । ललिता सदाले पाएको लुुगा सिलाउने तालिम सगै मेसिन  पनि प्राप्त गरिकि थिइन । अहिले उनि आफ्नो घरको साथै गाउको बालबालिका सगै अन्यको लुुगा सिलाउदै सामान्य गुुजार चलाउदै छिन् । तर यस सगै स्थानिय सरकार,प्रतिज्ञा नेपाल वा अन्य कसैले शुरक्षित  लुुगा सिलाउने  स्थानको व्यवस्था सगै अन्य सिलाइ कटाइको तालिम लिन सके अझ सहज हुने बताउछिन् । उनि सामान्य गरिव परिवारको महिला हुन । दैनिकि रोजिरोटि गर्ने श्रीमान ज्याला मजदुरि गर्दै रिवार चलाउछिन । घरमा तिन छोरि र दुुई छोरा सासु ससुरा सहित नौ जनाको परिवार छ  ।

अहिले प्रतिज्ञा नेपालले ईटहरीको पिछडिएको समुदायहरुमा शिक्षाको समान्ताले शिक्षाले देखिएको गाँउ भन्दा फरक पर्देन । अहिले यस समुदायका प्राय बालबालिका र अभिभावक शिक्षाको पहुचमा छन् । विवाह गर्ने उमेर पनि २० वर्ष पछि भनेर समाजिक मानिसिक रुपमा तयार भएका छन् । ईटहरीको ट्याग्रां टोलि, पुुर्व वज्राह,वज्राह, हरियालि टोल, उब्धि, पकलि मा निःशुुल्क समुुदायिक  शिक्षा कार्यक्रम गर्दै आएको छ । २५० भन्दा बढि परिवारको बालबालिका र अभिभावकहरुलाइ शिक्षा सााथै आवश्यक पर्ने किताव, कलम साथै अन्य शैक्षिक सामाग्रि पनि उपलब्ध गराउदै आएको छ ।  

download

प्रतिज्ञा नेपालको संक्षिप्त परिचय

प्रतिज्ञा नेपाल गैरसरकारी संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय इनरुवामा दर्ता भएको गैरनाफामुलक र गैरराजनीतिक संस्था हो। 

दिृष्टिकोण “हरेक बालबालिकाले गुणस्तरीय शिक्षा, सम्मान र सुरक्षा पाउनुपर्ने रहेको छ . 

यस संस्थाको मिशन ः “बालबालिका र परिवारलाई ;मःयामा परेकाहरूलाई समर्थन गर्नै,  उनीहरूलाई उनीहरूको भविष्य बनाउन मद्दत गर्दै  र उनीहरूको समुदायको विकासमा साझेदारी गर्ने रहेको छ र बालबालिकाको उज्वल भविष्यका निम्ति परिवारलाई विभिन्न विषयहरुमा अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्दै आएको छ । जर्मन  किन्डरहिल्फ नेपाल मिटेरफेल्स इ.भ  को आर्थिक सहयोगमा  प्रतिज्ञा नेपालले  बालबालिकाको शिक्षा, स्वास्थ्य र आपतकालीन अवस्थामा विभिन्न किसिमका  कार्यक्रमहरू मार्फत सामुदायलाई सहयोग पुर्याउदै आएको छ ।

 प्रतिज्ञा नेपाल एउटा गैरनाफामुलक “सामाजिक संस्था हो  जसले “आफ्नो स्वार्थ भन्दा माथि“ को भावनालाई बढावा दिदै, सेवा गर्ने, सहयोग गर्ने, र धर्म, रंग, लिङ्ग, जातीय उत्पत्तिको आधारमा भेदभाव नगरी साझा हितलाई समर्थन गर्दै , भाषा वा वैचारिक विश्वासमा रहि सामािजक कार्य गर्ने, गरिब, अभिभावक, सडक बालबालिका, अल्पसंख्यक, पिछडिएका, अपाङ्गता भएका, पिछडिएका वर्ग, गरिब र बेरोजगारको अधिकारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउदै ,उनीहरूको संरक्षण, पुनर्स्थापना, सामाजिक, शैक्षिक र आर्थिक उत्थानका लागि कार्य गर्ने विभिन्न प्रकारका स्वरोजगार तथा रोजगारी क्षमता विकास, सामान्य तथा व्यवसायिक तालिम दिने, स्वास्थ्य, सरसफाइ, मानसिक स्वास्थ्य, मनोसामाजिक सहयोग, ट्राफिक नियम, सामाजिक दुराचार र दुव्र्यवहार, बालविवाह, परिवार नियोजन, एड्स, यौनिकता लगायत सामाजिक र राष्ट्रिय महत्वका विषयमा जनचेतनामूलक कार्यक्रम, शिविर र शिक्षाको अधिकार सञ्चालन गर्दे लागू पदार्थ दुर्वेसनि, शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षामा समान पहुँचका लागि काम गर्ने आदि यस संसथाको मुख्य उदेश्यहरु रहेका छन् । 

हाल प्रतिज्ञा नेपालले लक्षित समुदायहरूलाई शैक्षिक आवश्यकताहरू पूरा गर्न हेर्तुै, सामुदायिक उत्प्रेरणा, विषयबतुगत घर दैलो अभिमुखिकरण कार्यक्रहरु, सीप विकास, आपतकालीन राहत, स्टेशनरी सामग्री, अतिरिक्त क्रियाकलाप, विपन्न बालबालिकाका लागि ट्यूशन कार्यक्रम परियोजना संचालन गर्दै आएको छ । 

प्रतिज्ञानेपालले बालबालिका र तिनीहरूका परिवारलाई प्रत्यक्ष लाभार्थीका रूपमा समेटदै  सातवटा  समुदायमा “सकारात्मक परिवर्तनका लागी शैक्षिक सहयोग” कार्यक्रम संचालन गर्दै आएको छ .