इटहरी । पुस्तक पढ्ने संस्कारको विकास गर्ने उद्धेश्य सहित सुनसरीको इटहरीमा एक हप्ते पुस्तक प्रर्दशन सुरु भएको छ ।
एकता बुक्सले आफना प्रकासन तथा आफुले विक्री गर्दै आएका पुस्तकहरु छुटका साथ विक्री गर्दै पुस्तक पढ्ने संस्कारको विकासमा जोड दिएको हो ।

प्रविधिको वढ्दो प्रयोगसंगै पुस्तक पढ्ने बानी हराउदै गएको समयमा प्रर्दशनीले विद्यार्थीलाई पुस्तक पढ्ने बानीको विकास गर्न मद्र्धत पुर्याउने सेकेण्डरी स्कुलकी प्रिन्सिपल मिना सुब्बाले विश्वास व्यक्त गरिन ।
प्रर्दशनीमा कार्टुन , मोटिभेसन , डिक्सनेरी देखि लिएर विभिन्न किसिमका पुस्तकहरु राएिका कारण पनि विद्यार्थीका साथै अन्य मानिसहरुका लागि प्रर्दशन महत्वपुर्ण रहेको प्रर्दशनी हेर्न आएकी सेकेण्डरी स्कुलकी विद्यार्थी सलोनी खवास वताउछिन ।
एकता बुक्सको इटहरी शाखाको संयोजनमा सुरु भएको पुस्तक प्रर्दशनी अन्य शाखाहरुमा पनि गरिने जनाइएको छ ।


