तरहरा । तरहरा जेसीज वर्ष २०२३ को अध्यक्षमा बहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार र आइतबार तरहरामा भएको अधिवेशन तथा चुनावी सभाले तामाङको नेतृत्वमा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । 

 निर्वाचन आयुक्त सुनील तिम्सिनाका अनुसार कार्यकारीणी उपाध्यक्षमा विवेक विवश रेग्मी र निशाल खुलाल चयन भएका छन्।

            यस्तै, उपाध्यक्षमा मदन बस्नेत, रोशन भुजेल, ओनिश अधिकारी र विनिता तामाङ, सचिवमा गोविन्द लामिछानेर जनसम्पर्क अधिकारीमा प्रभास गौतम निर्वाचित भएका हुन् । तरहरा जेसीजले नेपाल जेसीजमा उम्मेदवारी प्रस्तुत गर्ने भएकाले सहमति र सहकार्यको बाटोलाई आत्मसाथ गर्दै कार्यसमिति सर्वसम्मत चयन गरिएको पूर्व अध्यक्ष उमेश राईले बताए ।