केराबारी/ गत बैशाकमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु कोहि चुपचाप काम गर्दै जनताको मन जितिरहेका छन् भने कोहि स्टनबाजी गर्दै रमाईरहेका छन्।
हुन त हिन्दिमा एउटा उखानै छ ‘जो देख्दा हे ओ बिक्ता हे’ तर बिकाउन कै लागि स्टनबाजी गरिरहनुभन्दा काम गरेर स्थानीयको मन जित्नु नै उपर्युक्त हुन्छ। स्टनबाजी गर्दा ‘भाईरल’ त भईएला तर भाईरलहरुको ‘यथार्थ’ भने स्थानीयहरुलाई मात्रै अवगत हुन्छ।
हल्लाखल्ला नगरी चुपचाप गरेका बाचाहरु पुरा गर्दै स्थानीयको मन जितिरहेका ब्यक्ति हुन केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग। उनले निर्वाचन ताका आश्वासनका पुलिन्दा बाँडेनन् सक्ने जति मात्र गर्छौँ हाम्रा बाचा पुरै गरेर देखाउँछौँ भने अनि निर्वाचन पनि जिते।
निर्वाचन ताका अल्लारे केटोले के गर्ला र भन्नेहरुलाई अहिले अध्यक्ष मिरिङ्गचिङ्गले चुपचाप काम गरेर मुखतोड जवाफ फकाईरहेका छन्। के गर्ला र भन्नेहरु हैन गर्न सकिने रहेछ भनेर खासखुस गर्न थालिसकेका छन्।
अध्यक्ष मिरिङ्गचिङ्गलाई बारम्बार सोधिने प्रश्न हो‘सुन्दरपुर–डाँगी–याङ्गशिला सडक कहिले पिच हुन्छ’? यहि प्रश्न हामीले पनि सोध्यौ कहिले पिच हुन्छ ? कि ढुंगामा गुडुल्किएर हामी चाँहि जंगलमा नै मर्नु ? अध्यक्ष मिरिङ्गचिङ्ग भन्छन् तीनबर्ष भित्रमा पिच सक्छौँ, आगामी आर्थिक बर्षमा नै काम शुरु हुन्छ, संघ र प्रदेशसँग बजेट मागिसकेका छौँ यदि माथीबाट बजेट परेन भने पालिकाले नै काम शुरु गर्छ चिन्ता नलिनुस।
अध्यक्ष मिरिङ्गचिङ्गले निर्वाचन ताका एउटा बाचा गरेका थिए। ६०बर्ष माथिका जेष्ठ नागरीकहरुको घरघरमा नै पुगेर निशुल्क स्वास्थ्य जाँच हुन्छ हो त्यहि बाचा पुरा भईसकेको छ, अहिले ६०बर्ष माथीका जेष्ठ नागरिकहरुलाई र अति अपांगता भएका अनि अशक्तहरुको घरैमा निशुल्क स्वास्थ्य जाँच भईसकेको छ।
यस्तै अर्को बाचा थियो ६०बर्ष माथीका जेष्ठ नागरिकहरुले नियमित सेवन गर्ने औषधी निशुल्क बितरण हुन्छ । यसका लागि केराबारीबासी जेष्ठ नागरिकको वायोडाटा संकलन लिईसकेको छ। सम्भवत यहि महिना देखि जेष्ठ नागरिकहरुले नियमित सेवन गर्ने औषधी बितरण हुँदैछ।
अर्को बाचा थियो केराबारी पालिका अस्पतालको स्तरउन्नती यहि बाचा अनुरुप केराबारी पालिका अस्पतालको स्तरउन्नती गरेर आधुनिक ल्यावको निर्माण गरेर दक्ष जनशक्तिसहितको सेवा शुरु भईसकेको छ। अहिले केराबारी पालिका अस्पतालमा दुईजना एमबिबियस डाक्टरले सेवा प्रदान गरिरहेका छन्। यस्तै स्वास्थ्य बिमा कार्यक्रमबाट पालिका अस्पतालमा फार्मेसी सुबिधासहितको सेवा शुरु भईसकेको छ।
अर्को बाचा थियो ६०बर्ष माथीका जेष्ठ नागरिकहरुलाई ल्याव परिक्षणमा शुल्क नलाग्ने, यहि बाचा अनुरुप धमाधम काम भईरहेको छ। जेष्ठ नागरिकहरुले निशुल्क ल्याव परिक्षण गराईरहेका छन्।
केराबारीमा एउटा समस्या थियो सामाजिक सुरक्षा भक्ता लिन जेष्ठ नागरिकको करिव डेढ महिनाको भक्ता सकिने अवस्था थियो। सो समस्या समाधानको अन्त्यका लागि त्यस्ता भुगोलमा वडामा नै भत्ता दिने ब्यवस्था शुरु भईनैसकेको छ।
निर्वाचन ताका अध्यक्ष मिरिङ्गचिङ्गले एउटा त्यस्तो बाचा गरेका थिए, त्यो बाचा थियो अध्यक्षले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने, सोहि बाचा अनुरुप गाउँपालिकाले अध्यक्षका लागि उपलब्ध गराएको गाडिले हालसम्म ९४जनालाई एम्बुलेन्स सेवा प्रदान गरिसकेको छ।
यस्तै अध्यक्षले पाउने सेवा सुविधाबाट मिरिङ्गचिङ्गले अति बिपन्न स्थानीयलाई खाद्यान्न, न्यानो कपडा उपलब्ध गराउँदै आएका छन्।
यसैगरी स्थानीय बिभिन्न संघ सँस्थाहरुको अनियमिततालाई अनुगमनपश्चात कारबाहीमा ल्याईसकेका छन्।
गुणस्तरीय शिक्षाका लागि बिद्यालयको अनुगमन गरि समस्या चुनौती र समाधानका लागि सरोकारवालाहरुसँग छलफल गरेर सिसि क्यामेरा राखेर गाउँपालिकाबाट नै अनुगमनको काम भईरहेको छ।
(मिरिङ्गचिङ्गको सचिवालयबाट प्राप्त जानकारीमा आधारित)


